तीन दिनसम्म असिना पानी पर्ने, सचेत रहन विभागको आग्रह

बैशाख ३, २०७६ काठमाडौं / देशका धेरै जसो स्थानमा मंगलबार चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबताससहित असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातकोसम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। बिहिबार सम्म यो क्रम जारी रहने छ। हेर्नुहोस् विभागको सूचना जारी मिति स् बैशाख ०३ गते (मंगलबार) बिहान ६स्०० बजे बैशाख ०३ गते (मंगलबार)स् दिउँसोः देशका पश्चिमि भू(भागमा सामान्य बदलि र पूर्वी तथा मध्य क्षेत्रका भू(भागमा आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमि भू(भागका केहि स्थान र मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग तथा हुरी बतास सहित वर्षारअसिना पानीको संभावना छ । पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको छ ्र साथै उच्च पहाडी तथा हिमाली भू(भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ । रातिस्देशका पश्चिमि भू(भागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भू(भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भू(भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जनरचट्टयांग तथा हुरी बतास सहित वर्षाकोरअसिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू(भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ । बैशाख ०४ गते (बुधबार)स् दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित वर्षारअसिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ ्र उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हिमपातको सम्भावाना रहेको छ । रातिस् देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित वर्षारअसिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हिमपातको सम्भावाना रहेको छ । बैशाख ०५ गते (बिहिबार)स् दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ । रातिस् देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुईस्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

