दमक,जेठ ३ /  दमकस्थित ग्लोवल एजुकेशनल एकेडेमीको स्कूल क्याप्टेनमा सामना खत्री र स्कूल भाइस क्याप्टेनमा दिवाकर रौनियार विजयी भएका छन् । बुधवार निर्वाचन पद्धतीबाट नेतृत्व छनौट गरिएको विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले जानकारी दिएका छन् । निर्वाचनमा स्कूल क्याप्टेनकालागि ४ जना, भाइस क्याप्टेनकालागि ३ जनाको उम्मेदवारी परेको थियो ।
विद्यालयको हाउस क्याप्टेनकालागि २२ जना र भाइस क्याप्टेनकालागि १३ जना विद्यार्थीहरुको उम्मेदवारी परेको थियो । जसमा रेड हाउसवाट क्याप्टेन र भाइस क्याप्टेनमा प्रज्ञा कार्की र ऋदी श्रेष्ठ, ग्रिन हाउसबाट क्याप्टेन र भाइस क्याप्टेनमा ऐशर्या खाती र निखिल उप्रेती, एल्लो हाउसबाट निषा काप्mले र भुषण भुजेल र ब्लु हाउसबाट श्रुति सेडाई र गौरव लिम्वू क्रमशःक्याप्टेन र भाइस क्याप्टेनमा निर्वाचित भए । निर्वाचनकालागि विद्यालयले शिक्षक नरेश पोखरेलको नेतृत्वमा ९ सदस्य निर्वाचन आयोग समेत गठन गरेको थियो । निर्वाचित विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना ब्यक्त गर्दे स्कूलका अध्यक्ष खेमप्रसाद भण्डारीले यो प्रक्रियाले विद्यार्थीहरुको नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
प्रजातान्त्रिक प्रक्रियाको सर्वोत्म नमूना भनेको चुनाव भएकाले यसको महत्व तथा ब्यवहारिक ज्ञानकालागि यस्तो अभ्यास गरिएको स्कूलका प्राचार्य गुणराज अधिकारीले बताए छन् ।

Facebook Comments Box