२ सय विपन्न परिवारका लागि सामूहिक आवास

झापा / नगर कार्यपालिकाको बैठकले तराई मधेस सम्वृद्धि कार्यक्रम अन्तर्गत २ सय विपन्न घर परिवारका लागि सामूहिक आवास निर्माण गर्न निर्णय गरेको नगर प्रमुख हरि कुमार रानाले बताए । विपन्न घर परिवारका लागि सामूहिक आवास निर्माण गर्न सँगै नगर कार्यपालिकाको ५२ औँ बैठकले ९ बुँदे महत्पवपूर्ण निर्णय समेत सर्वसम्मतले पारित गरेको छ ।


अर्जुनधारा नगरपालिकाले तराई मधेस सम्वृद्धि कार्यक्रम अन्तर्गत २ सय विपन्न घर परिवारका लागि सामूहिक आवास निर्माण गर्न प्रस्ताव पेश गर्ने भएको छ । जसमा अर्जुनधारा नगर क्षेत्रभित्र छरिएर रहेका साना मझौला तथा कुटिकर उद्योगहरुलाई प्रवद्र्धत प्रोत्साहन गर्न छ । जसबाट औद्योगिक ग्राम स्थापना गर्न सँगै औद्योगिक ग्राम घोषणा तथा संचालन कार्य्विधि अनुरुप आवश्यकता पर्ने जग्गाको व्यवस्थापन गरी संचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, वडा–३ को वडा कार्यालय अगाडि व्यवसायिक भवन निर्माण सहित खुदुनाबारी बजार व्यवस्थापन र शनिश्चरे बजार व्यवस्थापनको लागि नगर कार्यपालिकाले निर्णय गरेको छ । त्यसका लागि नगर विकास कोषबाट नगरपालिकाले संचालन गर्ने सम्भावित योजनाहरुको विवरण सहित आशय पत्र माग भई आएको हुनाले खुदुनाबारी र शनिश्चरे बजार व्यवस्थापनको लागि नगरपालिकाको तर्फबाट आशय पत्र पठाउने निर्णय भएको नगर प्रमुख रानाले जानकारी दिए ।
त्यस्तै, नगरपालिकामा संचालन भएका आयोजनाहरु नारायणचोक बाट खुदुनाबारी जाने सडक कालोपत्रे, चारपाने चोकबाट वाड नं ५ हुँदै ७ नं वडा कार्यालय जाने सडक सहित ७ नं वडा कार्यालयबाट हात्तिकिल्ला हुँदै बुधबारे जोड्ने सडक निर्माणधिन रहेको छ । सो सडक निर्माण कार्य अपुरो हुँदा स्थानीयबासीलाई धुँवाधुँलोका कारण स्वास्थ्यमा समेत असर गर्न थालेको बताइन्छ । त्यसैले सो आयोजना पूरा गर्नका लागि आरआरआर र आरएपिथ्री लगायतका कार्यक्रमबाट प्रदेश समक्ष अनुरोध गर्ने निर्णय भएको छ ।
त्यस्तै, राष्ट्रपति चुरे मधेस तराई विकास समिति अन्तर्गत नगरमा संंचालन भइरहेका केही योजना संचालनमा विभिन्न कारणले कठिनाई भएकोले त्यसको समाधानका लागि समिति समक्ष अनुरोध गर्ने बताइएको छ ।
त्यस्तै, वडा–४ को दहिझोडामा रिचार्ज पोखरी निर्माणका लागि वनक्षेत्र भएकाले वन कार्यालयबाट अनुमति प्राप्त हुन नसकेको, वडा–३ स्थित सुखानी खोलामा तटबन्धन गर्ने कार्यमा तयार गरिएको लगत स्टुमेन्ट पुन ः स्टुमेन्ट गर्नुपर्ने भएकाले सोको लागि अनुरोध गर्ने समेत निर्णय भएको छ ।
त्यस्तै आ.ब.७५÷०६७ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण गरी वातावरण हरियाली बनाउनका लागि ५ लाख विनियोजन भएको छ । विनियोजित रकमले वडा नं – ९ स्थित नमूना सामुदायिक वनमा विरुवा उत्पादन गर्न कार्यपालिकाको निर्णयमा पाइन्छ ।