दमक  / दमक उद्योग बाणिज्य संघको निर्वाचन आम निर्वाचन जस्तै चर्चा चल्छ, एकले अर्कालाई पछार्ने होड अस्वस्थ्य बन्छ । अघिल्लो वर्ष राजनीतिक गठबन्धनका हस्तीहरुलाई स्वतन्त्र भनिएकाहरुको टिमले फिनिनि घुमाएरै पछारिदिए । दलगत गुटलाई कत्रौ चुनौती ।

यो पटक पनि शुरु भएको छ, चुनावी माहौल । केहि समय अघिसम्म १५ सय ब्यापारीले नविकरण गरेकोमा जेठ मसान्तसम्म नविकरण सिमा तोकिएपछि उम्मेद्वार तथा पार्टीको पहलमा झण्डै दोब्बर मतदाता बढेका छन् ।
दमक उद्योग वाणिज्य संघमा जेष्ठ मसान्तसम्ममा २६ सय ९१ जनाले नविकरण गरेका छन् । यो संख्या नयाँ नेतृत्व चयनका लागि मतदान गर्न तथा आफ्नो नेता छान्न योग्य सूचि हो । शनिबार नेकपा निकट ब्यावसायी र काँगेस निकट ब्यावसायीहरुले आफ्ला लिस्टहरु लिएर एकमुष्ठ रुपमा पैसा बोकेर बाणिज्य संघमा पुगेको कार्यालयका कर्मचारीले जानकारी दिए । उनका अनुसार कतिपय राजनीति दलका नेतृत्वले ब्यापारीको नविकरण गर्न लाग्ने दस्तुर समेत आफै तिरिदिएका छन् ।
नविकरणसँगै उम्मेदवारको बिषयमा चर्चा शुरु भएको छ ।

आफु निकट पार्टीले कसलाइ उम्मेदवार बनाउला भन्ने चर्चा चिया पसल सम्म चल्न थालेको छ ।
नेपाली काँग्रेसले साना दलसँग मिलेर उम्मेद्धारी तय गर्न यो हप्ता नै प्रारम्भिक बैठक बस्ने तयारी गरेको छ । नेकपाले भने अहिलेको कार्यसमितिबाट नेतृत्व दिने कुराको सम्भावना कम रहेकाले संकेत गरेको छ । पार्टी एकता प्रक्रियापछि नयाँ सम्रचना बनिसकेकोले नयाँ नेतृत्वको विषयमा छलफल भइरहेको बताएको छ । अर्कोतिर संघीय समाजवादी र नयाँशक्ति पार्टी विच एकता भइसकेकाले आफूसंग दर्विलो शक्ति रहेको दावी गरेको छ । उसले आफू निकटका ब्यावसायीले छुट्टै प्यानल बनाएर चुनाव लड्ने तयारी गरेको बताएको छ ।

Facebook Comments Box