“हामी सबैको बराह आर्थिक उन्नती को सहारा“ भन्ने मुल नाराका साथ बिभिन्न सेवा सुबिधा प्रदान गर्दै आइरहेको  धरान १२ स्थित बराह ग्रुप अन्र्तगतको को ’बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १० औ वार्षिक साधारण सभा शनिबार धरान को गीता मन्दिरको सभाहल मा सम्पन्न भएको छ । सभामा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष मान बहादुर विश्वकर्मा ले   १० बर्ष अगाडि  आर्थिक रुपमा पछाडि रहेका वर्ग र समुदायहरुलाई आर्थिक कृयाकलापको मुलधारमा ल्याउने र उत्पादन को क्षेत्र मा लगानी गरेर शेयर सदस्य हरुलाई आर्थिक रुपमा सफल र स्वरोजगार बनाउने उदेश्यका संस्थाको परिकल्पनाका गरिएको बताए । अध्यक्ष दियालीले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले १ करोड ४३ लाख १६ हजार ९७ रूपैयाँ खुद मुनाफा गर्न सफल भएको र ३२ जनाको मेहेनतले जन्मिएको बराहमा हाल २५ सय ५४ महिला र १२ सय ७२ पुरुष गरी जम्मा ३५ सय २६ जना शेयर सदस्य रहेको जानकारी गराउन पाँउदा अत्यन्तै हर्षलागेको बताए ।

२०७६ असार मसान्तसम्ममा शेयर रकम ६ करोड ५७ लाख ७५ हजार ६ सय रूपैयाँ छ भने शेयर सङ्कलन १ अर्ब, ३४ करोड ५८ लाख ९ हजार ३ सय १८।६१ पैसा रहेको र निक्षेप फिर्ता ९६ करोड ३९ लाख ८१ हजार ४ सय ५८।०६ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले २०७६ असार मसान्तसम्म ६० करोड ७३ लाख ६२ हजार ९ सय ४६।९५ पैसा ऋण लगानी गरेको छ भने २०७५र०७६ मा १५ लाख ९० हजार ६ सय ७७।६४ पैसा राज्यलाई कर बुझाएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्था का अध्यक्ष मान बहादुर विश्वकर्मा को सभापतित्व सम्पन्न सो कार्यक्रम मा  प्रमुख अतिथी जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष एवम् धरान नगर सहकारी विकास समितिका संयोजक नरेश इवारम थिए । आफ्नो मन्तब्य राख्दै  प्रमुख अतिथी इवारमले  बराह शेयर पुँजीका हिसाबले सुनसरीकै अग्रणी संस्था रहेको बताए । उनले, ३४००० हजार भन्दा बढी सहकारी लाई नियमन र ब्यबस्थीत गर्न सहकारी सम्बन्धी कार्र्य्विधी बन्दै गरेको र त्यसले स्थानिय तहलाई नै  सहकारीको दर्ता र खारेजी गर्ने अधिकार प्राप्त हुने बताए । अब एक घर एक मान्छे एक शेयर पद्दत्ती मा जानु पर्ने मा उनको जोड  रहेको थियो । कार्यक्रममा बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने , नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, नेपाल आदिवासी जनजाति माहासँघ सुनसरीका पूर्व अध्यक्ष ङावालप्टु लामा शेर्पालगायतले शुभकामना मन्तव्य राख्नु राखेका थिए ।

कार्यक्रममा बराह बचत तथा  ऋण सहकारी संस्था मा रही सर्र्वा्धिक निक्षेप संकलनकर्ता  बालकुमार राई, दोस्रो बन्ने रमा डुम्जन , तेस्रो बन्ने कमला श्रेष्ठ लाई सम्मान गरिएको थियो ।  सक्रिय अभियन्ता कल्पना कालिकोटे, विन्जु मगर  देववीर बज्राचार्य , दिलकुमारी तामाङ, ज्योत्सना राई, कमला बस्नेत, पेम्लमु शेर्पा , मेनुकादेवी धमला , पुष्पा घिमिरे, सविना बराइली , संगीता ताम्राकार लगायत  लाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । यस्तै, बराह प्रोत्साहन पुरस्कारबाट फूलकुमारी लिम्बू , दिलबहादुर विक, कमला राई , सङ्गीता थापा मगर लाई  सम्मान गरिएको थियो । बराह बचत तथा ऋण सहकारी संस्था १४ जना महिला र १८ जना पुरुष सहित ३२ जना मिलेर स्थापना भएको थियो । यो १० बर्षको दौरानमा संस्थाले ३ हजार ५ सय २६ जना शेयर सदस्यहरु पुर्याएको छ ।  संस्थाले आगामी आर्थिक बर्षमा आवश्यक प्रक्रिया पुरागरी कृषि तथा उत्पादनशिल क्षेत्रमा लगानी गर्ने र सहकारी कार्य क्षेत्रभित्र सेवा नपुगेको वडामा सेवा केन्द्र साथै मोबाइल काउण्टर संचालन गर्ने उद्देश्य राखेको अध्यक्ष मानबहादुर दियालीले बताएका छन ।

 

Facebook Comments Box