काठमाडौं । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने निर्णय गरेको छ बरु त्यस दिन देशका सातै प्रदेशमा संविधान संसोधनको आवश्यकता बिषयमा अन्र्तक्रिया गर्ने भएको छ ।सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले आज एक विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको जनाएका छन । विज्ञप्तिमा पार्टीले उक्त दिन मुलुकका सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्कयता विषयक अन्तरक्रियात्मक कार्यक्रमको घोषणा उल्लेख छ ।

Facebook Comments Box