३०,कार्तिक,  काठमाडौं/ हेमन्त रानाको स्वर रहेको गीत साइँलीुको नाम सापटी लिएर निर्माण भएको फिल्म साइँलीुको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। शुक्रबार निर्माण युनिटले फिल्मको प्रदर्शन मिति तय गर्दै फस्टलुक सार्वजनिक गरेको हो। चैत १५ गतेलाई प्रदर्शन मिति उल्लेख गरिएको पोस्टरमा फिल्मकी मुख्य नायिका मेनुका प्रधानमात्र फिचरिङ छिन्। निकै लोकप्रिय बनेको साइँली गीतको भिडियोमा मेनुका प्रधान र गौरव पहारीको जोडी बाँधिएको थियो। यस फिल्ममा पनि उनीहरुको जोडी नै मुख्य भूमिकामा प्रस्तुत छन्। गीतको भिडियोमा देखाइएको कथाबस्तु नै फिल्मको मुख्य कथाबस्तु रहेको निर्देशक रामबाबु गुरुङले बताए। निर्देशक गुरुङको कथा समावेश फिल्ममा गौरव र मेनुकासँगै दयाहाङ राई, माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतको मुख्य भुमिका रहेको छ। ुजिएच इन्टरटेन्टमेन्टुको व्यानरमा निर्माण भएको फिल्ममा हेमन्त राना र गौरव पहारीको लगानी रहेको छ। विशाल गुरुङ र मोहन थापा निर्माताका रुपमा रहेको यस फिल्ममा विजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह–निर्माता र मणिराम पोखरेल कार्यकारी निर्माताका रुपमा रहेका छन्। कालीप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।

Facebook Comments Box