दुर्घटनालाई न्यूनिकरणमा ट्याक्टर चालक तथा व्यवसायीहरुको समेत अहम भूमिका

दमक,१ पौष / झापा कन्काई माई ट्याक्टर सघंको आठौ वार्षिक साधारण सभामा दमक ट्राफिकका प्रमुख दधिराम दाहालले सडक दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन गरेर सवारी चालउनु रहेको बताँउदै मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गर्नु भएको छ ।


पछिल्लो समय झापाका सडकहरुमा सडक दुर्घटना बढि रहेको छ । यसरी सडकमा भईरहेका दुर्घटनालाई न्यूनिकरण गर्नका लागि ट्याक्टर चालक तथा व्यवसायीहरुको समेत अहम भूमिका हुने दमकमा आयोजीत कार्यक्रमका बक्ताहरुले जनाएका छन् ।
सघंले आफनो वार्षिक कार्ययोजनामा दुर्घटना न्यूनिकरणका लागि समेत बिभिन्न योजना समेत बनाएको जनाएको छ । सघंका अध्यक्ष चन्द्र कुमार थापाले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदनमा सडकमा दुर्घटना न्यूनिकरणका लागि १२ वटा कार्यक्रम गरेको जनाइएको छ ।
Facebook Comments Box