इलमको सूर्योदयमा फुसका छाना हटाउने अभियान, अब टल्किए टिनका पाता

इलाम, १ पौष / इलामको सूर्योदय नगरपालिकाले खर र फुसका छाना हटाएर टिन लगाउन नगरवासीलाई आग्रह गरेको छ । नगरले अभियान नै चलाएर नगरवाट फूसका छाना हटाएको हो ।
सूर्योदय नगरपालिकाभित्र ११९ फूसको छानो भएको घरहरू छन्। ती मध्ये धेरै घरहरू बर्षाको झरीमा पानी चुहेर बसी नसक्नु हुन्छ। सुत्ने ठाउँहरू पानीले भिजेर रातभरी जागा बस्नुपर्छ । फूस हुने ठाउँहरू चियाको बुट्टाहरूले भरिसकेका छन् । केहि केहि घरहरू बासको ईग्रा लगाएका छन्।यही कुराहरूलाई मध्यनजर गरी फूसको छानो प्रतिस्थापना कार्यक्रम नगरले लिएको छ।

आर्थिक रूपले अति बिपन्न १४ घर परिवारहरूलाई ५६ बण्डल जस्तापाता बाड्ने काम सम्पन्न भयो र पहिलो चरणमा ६२ घर र थप वितरण आवश्यकताको आघारमा चाडै हुन्छ।

उक्त वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईलाम, प्रहरी उपरीक्षक ईलाम प्रमुख, उपप्रमुख , प्रशासकीय अधिकृत ,बडाअध्यक्ष, पत्रकार , प्रहरी , सेवाग्राही र जनप्रतिनिघिहरूको उपस्थिति थियो।

यस कार्यक्रममामा जस्ता पाता प्राप्त गर्ने केहि महानूभावहरू टाडाबाट खाली खुट्टै आएर जस्तापाता ग्रहण गर्दा कार्यक्रमले सार्थकता पाएको अनुभूति भएको छ।

आइतबार, ०१ पुष, २०७५, बिहानको ११:३७ बजे

सम्बन्धित खवर