काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा जाने निर्णय गरिसकेको छ । सत्ता साझेदार दलले पनि लोसपालाई सरकारमा लिने भनेको छ । तर आज एक बजे हुने शपथग्रहणमा लोसपालाई सहभागी गराउने कि नगराउने अझै टुङ्गो लागेको छैन ।लोसपा सरकारमा सहभागी हुन तयारी अवस्थामा रहे पनि सरकारको तर्फबाट कुनै खबर वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए ।
उनले भने, ‘हामीले सरकारमा जाने निर्णय गरिसकेका छौँ, सरकारले पनि लिने भनेको छ । तर, त्यसपछि थप कुराहरू अगाडि बढेको छैन । सरकारमा सहभागी हुँदा कति वटा मन्त्रालय लिने, कुन मन्त्रालय लिने, कसलाई पठाउनेलगायतका विषयमा छलफल गर्ने अधिकार पार्टीका अध्यक्ष (महन्थ ठाकुर)लाई दिएका छौं ।’

Facebook Comments Box