काठमाडौं / नेकपा माओवादी केन्द्र देशैभर संगठन सक्रिय भएको छ । पदाधिकारी, स्थायी र केन्द्रीय समिति बैठक सकेर
पार्टी बैठकपछि फागुन र चैत महिना संगठन विस्तार र सुदृढीकरण अभियानमा लागेको हो ।

अहिले सात भौगोलिक तीन गैरभौगोलिकसहित दश प्रदेशका अधिकांश बैठक बसिसकेको माओवादी केन्द्रले जनाएको छ । प्रदेशका केन्द्रीय सदस्यसहित प्रदेश पदाधिकारी राखेर केन्द्रीय प्रदेश समन्वयको गण्डकी प्रदेशको मात्रै बैठक बस्न बाँकी रहेको छ ।

फागुन ६ गतेसम्म प्रदेशको बैठक सकेर जिल्ला, स्थानीय तह, वडा र सेल कमिटीको बैठक समेत बसेर संगठनलाई चलायमान बनाइने र प्रदेशदेखि सेल कमिटीसम्म बैठक राखेर पार्टी र सरकारको सम्पर्क सेतुको रूपमा पार्टीका नेता कार्यकर्ताले काम गर्ने एक पदाधिकारीले बताए ।

पार्टी, जनवर्गीय संगठन, र संगठनको शुभेच्छुक संस्थाको बैठक बसालेर सुझाव संकलन गरिने छ । यदि पार्टी संगठन र जनवर्गीय पुर्नगठन गर्नुपर्ने भएमा गरेर जाने निर्देशन दिएको छ ।

यस्तै पार्टीको प्रतिनिधि सभा, प्रदेश सभा र पालिका भित्रका निर्वाचन क्षेत्रका समेत बैठक बसिने भएको छ । संगठनको नयाँ सदस्यता वितरण र पुराना सदस्यता नवीकरणको कार्यलाई समेत गति दिइने भएको छ ।

पार्टीको दुई महिने अभियानबाट जे जस्ता सुझाव र आलोचना संकलन हुन्छन् ती सबै केन्द्रीय समिति बैठकमा लगेर छलफल गरिने भएको छ। पार्टी र सरकारलाई कसरी लग्ने भन्ने विषयमा जनताबाट आएको सुझावलाई कार्यान्वयनमा लगिने भएको छ ।

Facebook Comments Box