यो जुनीमा आकाश वर्षासँग बेरिएपछि ….

आकाश श्रेष्ठ र वर्षा राउत

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउत फिचर्ड भिडियो ‘यो जुनीमा तिम्रो’ सार्वजनिक भएको छ । गीतमा छवि न्यौपाने र मेलिना राईको स्वर छ ।

गीतमा गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत छ ।

निकेश खड्का निर्देशित भिडियोमा विवाह गर्ने उमेर पुगेका प्रेमी प्रेमिकाले भोग्नुपर्ने मिलन र विछोडको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

भिडियोमा रुपेश खड्काको सम्पादन र बुद्ध थापाको छायांकन छ । एनपी म्यूजिक हवबाट भिडियो सार्वजनिक गरिएको हो ।

बुधबार, ०४ चैत, २०७७, बिहानको ०८:५७ बजे

सम्बन्धित खवर