दमक जेसीजको सदस्यलाई जीममा छुट

दमक / व्यस्त जीवनमा स्वास्थ्य र व्याम सम्बन्धी युवाहरुलाई प्रेरित गराउन दमक जेसीज र जिम सञ्चालक वीच छुुट सम्बन्धी संझौता भएको छ ।
यसै साताबाट सञ्चालनमा आएको फ्याक्ट्री (जिम हल ) वीच दमक जेसीज सदस्यहरुलाई जिममा भर्ना हुदाँ लाग्ने शुल्कमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
जेसीजका अध्यक्ष सुयोग खरेलले स्वास्थ्य जीवनयापनका लागि व्याम उपयोगी हुने भएकाले व्याममा भर्ना हुने आफना सदस्यहरुलाई जिममा भर्ना वापत लाग्ने शुल्कमा सो छुट दिने गरि संझौता गरिएको बताएका छन् ।

दमकमा सुविधासम्पन्न व्यामशाला सञ्चालनमा आएको छ । दमकका तीन जना युवा व्यवसायीहरुले दमक १ स्थित फाल्गुनन्द चौक नजिकै विष्ट फ्याक्ट्री ( जिम हाउस ) सञ्चालनमा ल्याएका हुन् ।
फिजीयोथेरापीमा लामो अनुभव सम्हालेका विनोद भट्टराईसहित बिशाल पौडेल र सुमन गौतमले दमककै सुविधासम्पन्न व्यायमशाला विधिवत सञ्चालनमा ल्याएका हुन् ।

यसैसाता सञ्चालनमा आएको उक्त व्यामशालाको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरेका थिए । फिजीयोथेरापिष्ट भट्टराईका अनुसार जिम हलमा अत्याधुनिक उपकरणहरु रहेका छन् । दमकको विकासमा यस्ता समय अनुकुल जिम क्लवले ठूलो महत्व राख्ने सञ्चालक उनले वताए । उनले यस जिम हलमा सर्टिफाईट टे«नर, लकरको सुविधा, मेडिकल गाईडेन्स, हाइजेनिक वातावरण तथा प्रविधिमैत्री जिम हल भएको वताए ।
सुविधासम्पन्न हलमा योगा, जुम्बा, बडिविल्डिङ्ग, सम्पूर्ण शारीरिक व्यामको लागि उपकरण तथा पर्शनल ट्रेनर जस्ता सेवा रहेको अर्का सञ्चालक सुमन गौतमले बताए । महिला र पुरुषले सिक्न व्यवस्थापन गरिएको जिममा अन्य जिमको तुलनामा स्तरिय भएको दावी सञ्चालकहरुको छ । दमकमा पछिल्ला समय व्यवसायिक रुपमा जिम हाउस खुल्ने क्रम बढ्दो रहेको छ । दमकमा आधा दर्जन बढी जिम हाउस सञ्चालनमा छन् ।

 

बुधबार, ०४ चैत, २०७७, बिहानको ०९:२० बजे

सम्बन्धित खवर