इलाममा आजदेखि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता

इलाम / राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागितामा इलाम सदरमुकामको ठूलो टुडिखेलमा बुधबारदेखि भलिबल प्रतियोगिता आयोजना हुँदैछ। चैत ७ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका राष्ट्रियस्तरका खेलाडीको सहभागिता हुने आयोजक जिल्ला भलिवल संघले जनाएको छ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, विमान ट्रेडर्स बिर्तामोड, गौरादह र दमक नगर भलिबल क्लबको सहभागिता रहने जिल्ला भलिबल संघका अध्यक्ष डाकप्रसाद गौतमले जानकारी दिए। विमान ट्रेडर्सबाट भारतको दिल्ली, दमकबाट कोलकोत्ता र गौरादहबाट हरियाणाका खेलाडी सहभागी छन् ।  प्रतियोगिताका विजेताले दुई लाख एक हजार र उपविजेताले एक लाख एक हजार रुपैया“ साथै ट्रफी प्राप्त गर्ने छन् ।

लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा १२ वटा खेल हुने छन् ।  जिल्ला भलिबल संघले २०७६ वैशाख २६ देखि २९ सम्म पहिलो पटक आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशले उपाधि जितेको थियो ।

अघिल्लो वर्ष कोभिड १९ का कारण तयारी गरिए पनि प्रतियोगिता स्थगित गरिएको थियो। प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैया“ खर्च हुने अनुमान गरिएको छ।

बुधबार, ०४ चैत, २०७७, बिहानको ०९:५८ बजे

सम्बन्धित खवर