पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

४ चैत्र,काठमाडौँ/ नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।
महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले राससलाई जानकारी दिनुभयो ।
महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ ।
निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ ।

बुधबार, ०४ चैत, २०७७, दिउँसोको ०४:१६ बजे

सम्बन्धित खवर