मेचीनगर, ३ चैत /  झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले शनिवार अन्दाजी १ लाख ६१ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको बिभिन्न थान कपडा, ईलोक्ट्रोनिक्स सामान र भाडावर्तन बरामद गरेको थियो ।

त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ६ हजार मूल्य बराबरको ४ बोरा मटर बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Facebook Comments Box