पत्निको उपचारका लागी अमेरिका जाँदै प्रचण्ड

काठमाडौं / पार्किन्सन रोगले ग्रस्त पत्नि सिता दाहालले श्रीमानविना उपचारमा जान नमानेपछि आइतबार साँझ पत्निको उपचारका लागी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाने भएका छन् ।


छोरी गंगा दाहाल र नर्स अम्बिकाको साथमा सितालाई अमेरिका पठाउन लागेका प्रचण्ड आइतबार विहानसम्म पनि जाने मनस्थितिमा थिएनन् । तर पत्नि सिता दाहालले प्रचण्डविना उपचारमा जान नमानेपछि इतिहाद एयरवेजस् बेलुकी ५ बजे प्रचण्ड अमेरिका उड्न लागेका हुन् । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उनको उपचार हुनेछ ।
छोरा प्रकाश दाहालको असामयिक निधनपश्चात रोगले ग्रस्त सितालाई यसअघि तातोपानि कुण्डदेखि सिंगापुरसम्म प्रचण्डले नै उपचारमा लगेका थिए ।
पत्नि सितालाई असाध्यै माया गर्ने प्रचण्डले सिताको कुरा हार्न सक्दैनन् भने सिता पनि प्रचण्डविना बस्न मान्दिनन् । स्वदेशभित्रै पनि प्रचण्ड कतै एक दिन बाहिर जानुपर्ने अवस्थामा सिता सँगै लैजाने गरेका छन् ।
प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड, सिता, नर्स अम्बिका, ज्वाई जिवन आचार्य साँझ ५.३० बजेको फ्लाइटबाट अमेरिका जँदैछन् ।