ओलीको निम्तो प्रचण्डलाई पचेन

काठमाडौँ, ४ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तो स्वीकार्य नभएको बालुवाटारस्थित प्रधानमन्त्री निवासले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे । प्रचण्डले ओलीको निम्तो नस्वीकार्ने समेत बताएका छन् ।

यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए । भेटघाट स्थल र समय नमिलेको भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ ।

शनिबार, ०४ बैशाख, २०७८, बिहानको ११:३८ बजे

सम्बन्धित खवर