गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो, झापा, मोरङ, सुनसरीपनि प्रभावित जिल्लाको सूचिमा

झापा /    गर्मी बढेसँगै झापा, मोरङ, सुनसरी, सर्लाहीको मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढेको छ ।

गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि नगरपालिकाले समयमा औषधि नछर्किंदा समस्या विकराल बन्ने खतरा बढेको छ ।

नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढदै गएको स्थानीयवासीले बताए ।
स्थानीय बासिन्दाले यस वर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन् । झापाको दमक, विर्तामोड, चन्द्रगढी, सुनसरीको इटहरी, धरान र मोरङको विराटनगर बजार क्षेत्र र टोल बस्तीमा लामखुट्टेको प्रकोप बढेको स्थानीयवासीको अनुमान छ । झापा, मोरङ र सुनसरी पनि यो पटक लामखुट्टे प्रभावित जिल्लाको सूचिमा रहेको स्वास्थ्य विभागले जनाएको छ ।

विगतका वर्षहरुमा नगरपालिकाको पहलमा लामखुट्टे नियन्त्रण अभियान चलाउने गरिएपनि गतवर्षबाट कोभिड केन्द्रित रहँदा लामखुट्टे नियन्त्रण अभियान ओझेलमा परेको छ ।

शनिबार, ०४ बैशाख, २०७८, बिहानको ११:५६ बजे

सम्बन्धित खवर