ओलिको गृहजिल्लामा नेपाल समुहको ३५१ सदस्यीय समानन्तर जिल्ला समिती घोषणा

बैकल्पिक खवर

बिर्तामोड / एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्ला झापामै एमालेको समानान्तर कमिटी गठन गरेका छन् ।
माधव नेपाल समूहले शुक्रबार झापाको बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।
समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा नीलमणि बराल, सह–सचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।
यसैबीच, वरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गरेका छन् ।
नेता नेपालले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७७ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गरेका छन ।

ओलीले आफ्नै गृहजिल्ला झापामा एमालेको समानान्तर कमिटी गठन रोक्न सकेका छैनन् । ओलीलाई माधव नेपाल समूहले कडा चुनौती दिँदै समानान्तर कमिटी गठन गरेर आफ्नो शक्ति देखाएको छ ।

शनिबार, ०४ बैशाख, २०७८, दिउँसोको ०३:३९ बजे

सम्बन्धित खवर