रिभर भ्यु रिसोर्ट उद्घाटनको चैथो दिन : अवलोकन गर्नेको घुइँचो ७ गते प्रमोद खरेलको आउँदै

बैकल्पिक खवर

दमक / नयाँ बर्षको अवसर पारेर उद्घाटन गरिएको रिभर भ्यु रिसोर्टमा अवलोकन गर्नेहरुको भिड लागको छ ।आन्तरिक पर्यटनको नयाँ गन्तव्यको संभावना बोकेको झापाको कमल ५ मा रहेको सो रिसोर्टमा ४ दिनमा करिब १ लाख ३० हजार बढी सर्वसाधारणको घुइँचो लागेको संचालक रुद्र कार्कीले बताए ।

वैशाख १ देखि आजसम्म अवलोकनका लागि सपरिवार आउनेक्रम उतिकै रहेको बताइएको छ । रिसोर्ट भित्रका मनोरम दृश्यको अवलोकनका लागि मानिसहरु आउने गरेको सञ्चालक रुद्र कार्कीले बताए । रिसोर्ट भित्र बालबालिकादेखि युवा युवती र बृद्धबृद्धा सम्मका लागि मनोरञ्जनको व्यवस्था मिलाइएको छ ।

रिसोर्टमा उद्घाटनको दिन लागेको भिडलाई नियन्त्रण गर्नप्रहरी लाई समेत हम्मे हम्मे परेको थियो । पहिलो दिन चर्चित गायिका इन्दिरा जोशीले प्रस्तुति दिएकी थिइन भने हिजो शुक्रबार लोकप्रिय गायिका मेलिना राईको प्रस्तुति रहेको थियो । आगमी ७ बैशाखमा चर्चित गायक प्रमोद खरेल आउने कार्यक्रम रहेको छ । खरेलको प्रस्तुति रहने दिन सो रिसोर्टमा रात्री भोज गर्न सकिनेछ । रिसोर्ट भित्र सेल्फी खिच्न र मनोरञ्जनका अन्य सामाग्रीहरु समेत राखिएकाले आन्तरिक पर्यटकहरुको भिड लागेको हो ।

रिसोर्टमा मनोरञ्जनका साथै खाने कुराका विभिन्न परिकारहरु पारिवारिक रमाइलोका साथमा लिन सकिने जनाइएको छ । एक लाख भन्दा बढी सिसाका बोतलको प्रयोगबाट बनाइएको बोतल हाउस, विभिन्न कलाकृतिहरु त्यहाँका आकर्षण हुन । आन्तरिक पर्यटनको सम्भावना लाई मध्यनजर गर्दै रिसोर्टको परिकल्पना गरिएको संचालक कार्की बताउछन । रिसोर्ट लाई ब्यबस्थित बनाउन अझै धेरै काम गर्न बाकी रहेको कार्कीले बताए ।

शनिबार, ०४ बैशाख, २०७८, साँझको ०६:५२ बजे

सम्बन्धित खवर