आठौं बार्षिक उत्सव मनाउदै शीखा सहकारी

दमक, २ असार / दमक स्थित शीखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी असार ४ गते वुधबार बार्षिक उत्सव मनाउने भएको छ । दमक –६ झापामा सञ्चालित शीखा वचत तथा ऋण सहकारीले स्थापनाको सातौ बर्ष सफलतापूर्वक पुरागरी आठौं बर्षमा प्रबेश गरेको अवसरमा बार्षिक उत्सव मनाउन लागेको हो ।
स्थापनाको छोटो अबधीमा नै सेयर सदस्य तथा सेवाग्राहीहरुको मन जित्न सफल यस संस्थाले वार्षिक उत्सवको अवसर पारेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसपटक भने दमक –१० सेतुमारीमा रहेको सगरमाथा आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरी संस्थाको आठौं बार्षिक उत्सव मनाउने तयारी गरेको हो । आगामी ४ गते समपन्न हुने संस्थाको बार्षिक उत्सवको सम्पूर्ण तयारी पुरा भएको संस्थाका व्यवस्थापक नविनकुमार भट्टराइले जानकारी दिए ।
व्यवस्थापक भट्टराइले उक्तदीन बिहान १० ः३० बजे सगरमाथा आधारभुत विद्यालयको प्राङगडमा उपस्थितिकालागी सम्पूर्ण शेयरसदस्यहरुमा आग्रह समेत गरेका छन ।

