स्वर्णलक्ष्मीद्धारा अग्नीपीडितलाई राहत

दमक, २ असार / आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ । दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका सञ्चालक अमित शाह र दन्तकाली टे«र्डसका सञ्चालक राज अग्रवाललाई संस्थाले राहत कोषमार्फत जनही १०, १० हजार राहत प्रदान गरेको हो ।


आज संस्थाको सभाहलमा एक कार्यक्रम गरि पीडित व्यवसायीद्धयलाई राहत रकम हस्तान्तरण गरिएको व्यवस्थापक कमल घिमीरेले जानकारी दिए । संस्थाले प्राकृतिक राहत कोष मार्फत सदस्यमुखी विभिन्न कार्यक्रम सञ्चालन गरिदैआएको उनले वताए । राहत हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रवि न्यौपानेले आफना शेयर सदस्य दुखका परेका बेला यस्तो सदस्यमुखी कार्यक्रमले थोरैभएपनि राहत प्रदान गरेकाले अव त्यस कोषलाई वृद्धि गराउने तयारी गरिएको वताए ।
कार्यक्रममा संस्थाका सञ्चालकहरु पूनम रिजाल, सञ्जिव रिमाल, तुलसीराम प्रसाई, लेखा संयोजक शिव अधिकारी लगायतको उपस्थिति रहेको थियो । गत जेठ ८ गते राती विद्युत सर्ट भई दुवै सञ्चालकको पसलमा आगजनी हुदाँ लाखौको क्षति भएको थियो ।