विद्यार्थीलाई लायन्सको सहयोग

शिबसताक्षी / झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ हिमालि चौकस्थित हिमालि प्राथमिक बिद्यालयमा ८० जना बिध्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरीएको छ ।


आईतबार, बिद्यालयमा आयोजित शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बिध्यार्थीहरुमा पठन–पाठनमा सहज होस् भन्ने उद्धेश्यले शैक्षिक सामग्री बितरण गरीएको हो । लायन्स क्लब अफ दमक ईष्टन लाईन र लायन्स क्लब आफ दमक गोल्डले बिद्यालयका बिपन्न तथा सिमान्तकृत र आदीवासी समुदाय बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।
कार्यक्रम लायन्स क्लब अफ दमकका अध्यक्ष एबम् दमकका सफल व्यवसायी बिमल शर्माको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्थानिय तथा बिद्यालयका शिक्षक अभिभावक समितीका अध्यक्ष मृगौला पिडित बुद्धिबल शेर्माको उपचारार्थ हिमालय प्राथमिक बिद्यालयका भुपु बिध्यार्थी समाजको तर्फबाट रु १० हजार रुपैया, दमक चौकस्थित होटल बासझ्याङका सञ्चालक रुद्रश्वोर राईको तर्फबाट रु २ हजार, दमक चौकस्थित मिलन टाट्युका प्रोपाइटर मिलन लिम्बुको तर्फबाट रु १ हजार र लायन्स क्लब अफ दमक ईष्टन लाइनले रु २५ सय र लायन्स क्लव अफ दमक गोल्डले रु २ हजार सहयोग रकम हस्तान्त्रण गरिएको थियो । सो अवसरमा, बिद्यालयका प्रधानध्यापक प्रेम राईले बिद्यालयको स्थापनाकालदेखीको शैक्षिक तथा भौतिक अवस्थासहित समुदायको बारेमा जानकारी गराउँदै बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरेर सहयोग गर्नुहुने लायन्सकर्मीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै, कार्यक्रममा लायन्स क्लब अफ ईष्टन लाईन र लायन्स क्लब अफ दमक गोल्डका तर्फबाट अध्यक्ष बिमल शर्माले समुदायबाट सञ्चालित बिद्यालयको शैक्षिक स्तरन्नाोतिका निम्ति लायन्सकर्मीहरुले रचनात्मक तथा सृजनात्मक कार्य गर्दै आइरहेको बताए ।
बिद्यालयका पूर्व्बिद्यार्थी समाजका अध्यक्ष अनिलदेब राईले मानवीय सेवामा सहयोग पुर्याउने उदेश्यले बिद्यालयका पूर्व बिद्यार्थी समेत मिगौला पिडीत बुद्धिबल शेर्माको उपचारमा सहयोग जुटाएको बताए । उनले बिद्यालयको बृहत विकासको निम्ति पुर्व बिद्यार्थी समाजको तर्फबाट रु ५ लाखको अक्षयकोष स्थापना गर्न लागिएको जानकारी गराएका थिए । उनले यो कोष आगामी तीनदेखी पाँच बर्षसम्ममा पुरा गरिने बताए ।