दमक ६ स्थित द एभरेष्ट वचत तथा ऋण सहकारी संस्थाले आठौं बार्षिक साधारण सभाको अवसर पारेर पत्रकार गोपाल झापाली र साहित्यकार धनकुटे कान्छालाई सम्मान गरेको छ ।

बिहिबार कस्मिक पार्टी प्यालेसमा संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षता र जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चारमाध्यम मार्फत सहकारी क्षेत्रमा योगदान पु¥याएकोमा पत्रकार गोपाल झापालीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

यस्तै साहित्यकार धनकुटे कान्छालाई नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथी वडा नं. ६ का वडाअध्यक्ष टेकबहादुर थापा, उद्धार वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर भट्टराई, सम्मानित साहित्यकार धनकुटे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष खरेलले संस्थाको प्रतिवेदन र लेखा समिति संयोजक राजकुमार न्यौपानेले लेखा प्रतिवेदन पेश गरेका थिए । ५ हजार ८ सय शेयर सदस्य रहेको संस्थामा ५ करोड २८ लाख २७ हजार ३ सय रुपैयाँ पुगेको जनाईएको छ ।

झापा कार्यक्षेत्र रहेको संस्थाले दमकमा प्रधान कार्यालय सहित केर्खा र सुरुङ्गा सेवा केन्द्रबाट समेत सेवा प्रदान गरि रहेको र विर्तामोडमा यसै वर्ष कार्यालय सञ्चालनमा ल्याईने संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशन गौतमले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव ज्ञाननाथ पौडेल र लेखापाल भुपाल बस्नेतले संयुक्त रुपमा गरेका थिए ।

Facebook Comments Box