पुष २,  बिर्तामोडर झापाका कुखुरा पालक किसानले पुष १ गतेदेखि कुखुराको चल्ला खरिद नगर्ने घोषणा गरेका छन् । लामो समयदेखि ह्याचरी, दाना उत्पादक र डिलरले ठगी गरेको भन्दै किसानले चल्ला खरिद नगर्ने घोषणा गरेका हुन् ।

‘एउटै चल्लाको मुल्य ४० देखि १ सय १५ रुपैयाँसम्म पर्छ, नेपाल कुखुरा पालक किसान संघका झापा अध्यक्ष राजन पौडेलले भने(‘भुसदेखि दाना र आवश्यक उपकरण खरिदमा पनि हामीमाथि ठगी हुदै आएको छ ।’

पौडेलले ठगी नियन्त्रणका लागि पहल गर्न सम्बन्धित निकायमा पटक(पटक दवाब दिँदा पनि चासो नदेखाएपछि बाध्य भएर ‘चिक्स होलिडे’ लगायतका संघर्षका कार्यक्रम ल्याउनु परेको बताए ।

उनले कुखुरा पालनमा आवश्यक पर्ने सामग्रीको मुल्यमा उतार चढाब हुनुपर्ने कुनै कारण नरहेको बताए ।

गुणस्तरहिन दाना, औषधी तथा चल्ला विक्रीवितरणमा रोक लगाउनुपर्ने, विचौलियाहरुको अनैतिक कार्य विरुद्ध विरोध कार्यक्रम तय गर्ने, सम्बन्धित निकायलाई नीति निर्माण गरी कार्यान्वयनमा ल्याउन विरोधका कार्यक्रमहरु समयअनुकूल घोषणा गर्ने र सम्पूर्ण कृषि क्षेत्रमा वित्तिय संस्थाहरुद्धारा गरिने ठगी कार्य विरुद्धमा सघर्षको कार्यक्रम तय गरिने कार्यक्रम सार्वजनिक गरेको हो ।

आफ्ना जायज मागहरु पूरा नभएसम्म झापामा सम्पूर्ण व्यवसायीले खोरमा चल्ला नहाल्ने र चल्ला निर्यात गर्न नदिने संघका झापा अध्यक्ष पौडेलले बताएका छन् ।

‘सरकारले व्यवसायीहरुको मनोवल बढाउने खालको योजना ल्याउन आवश्यक छ’ अध्यक्ष पौडेलले भने ‘तर, सरकारले उल्टो उत्पादक र उपभोक्तालाई बेवास्ता गर्ने र विचौलीयाहरुलाई प्रोत्साहन गर्ने गरेकाले आन्दोलनमा उत्रन बाध्य भएका हौं ।’ संघले गरेको यो दोस्रो चरणको आन्दोलन भएको बताइएको छ ।

संघले पहिलो चरण गत कार्तिक १८ गते शान्तिपूर्ण विरोध प्रदर्शन गरेको संघका जिल्ला सचिव डिल्ली अधिकारीले बताए । संघले दोस्रो चरणको कार्यक्रम गर्नु परेका १५ सुत्रीय कारण समेत उल्लेख गरेको छ ।

नेपालको मासुका कारण आत्मनिर्भरको बाटो तय गरेको मासुजन्य पदार्थको उत्पादन प्रभावित भएपछि फेरी पनि बिदेशबाट आयात गर्नुपर्ने अवस्था श्रृजना हुने चिन्ता व्यवसायीको छ । सरकारले तेस्रो देशबाट आयात हुने मासुजन्य पदार्थका कढाईका साथ प्रतिबन्ध लगाएको छ ।

Facebook Comments Box