फागुन ६, २०७५,/  अर्घाखाँची भालुको आक्रमणबाट शीतगंगा नगरपालिकामा दुई जना घाइते भएका छन्। आइतबार राति कामबाट करिब साढे ९ बजे घर फर्कने क्रममा वडा नम्बर १० तल्ला हर्रेका ३८ वर्षीय शंकर सोती र ५० वर्षीय पदमबहादुर बलाललाई भालुले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ। घाइतेमध्ये शंकरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको छ। पदमबहादुरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घर नजिकै बाक्लो झाडी भएको जंगलमा भालुले आक्रमण गरेको घाइतेले बताएका छन्। यस क्षेत्रको माथिल्लो हर्रे, तल्ला हर्रे र सिद्दारा बोहखर क्षेत्रको आसपासमा यसअघि पनि भालुले आक्रमण गर्दै आएको छ।

Facebook Comments Box