बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन /  धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो ।

शनिवार सम्पन्न फाइलनमा धरानलाई टाइव्रेकरमा –३–२ को अन्तरले रोक्दै उपाधि हात पारेको हो । उपाधीसँगै उसले नगद ८ लाख हात पारेको छ । उपविजेता धरान फुटवल क्लवले नगद ४ लाख हात पारेको छ । जितका लागि क्यामरुनका जो एङ्गोला, पेटाङ्गा, यान्यीक अवनरले गोल गरेका थिए । वीकी वीकी इकवीनले सुट गरेको बलले दिसा लिन सकेन ।
यता आयोजकबाट प्रकाश बुडाथोकी र दोर्जे तमाङले गोल गरे । हेमन्त मगर, मिलन राई, गोगेश राईले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन् ।
प्रतियोगितामा इतिहास बनाउने दाउमा घरेलु मैदानमा दर्शकको अपार साथलाई आयोजक धरानले सदुपयोग गर्न सकेन् । मनकामना गोल्डकपको विजेता क्यामारुनले यो सिजनमा नेपालबाट फेरी अर्को बुढा सुब्बा गोल्डकपको उपाधि थपेको छ ।
उपविजेता बनेको आयोजकले व्यक्तिगत पुरस्कारहरु भने बढि जितेको छ । आयोजकबाट बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट स्टाइगर, बेष्ट खेलाडी र म्यान अफ दी म्याच धरानले जितेको छ । उनीहरुले २५ र २५ हजार नगद हात पारे ।
बेष्ट किपर र हाईस्कोर क्यामारुनले पाएको छ । विजेता टिम तथा खेलाडीहरुलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वितरण गरेका थिए ।

सोमबार, ०६ फागुन, २०७५, बिहानको ०९:५८ बजे

सम्बन्धित खवर