फ्लोर क्रस गर्ने तीनैजना मन्त्री 

काठमाडौं । अल्पमतमा परिसकेको सरकारलाई विश्वासको मत दिएका नेकपा एमालेका तीन जना प्रदेशसभा सांसदलाई कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले शनिबार साँझ प्रदेश सांसद नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । उनले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार विकास र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरेका हुन् ।

शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा शाहीका लागि बुढा, थापा, शाही र प्रकाश ज्वालाले एमाले संसदीय दलको ह्वीपलाई अवज्ञा गर्दै मत दिएका थिए ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीका लागि बहुमत पु¥याउन २० सांसद आवश्यक थियो । तर, माआवादी केन्द्रका १२ र नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको मात्रै उनलाई समर्थन थियो । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए ।

एमाले प्रदेश कमिटीले भने शनिबार नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गरेको जनाएको छ ।

आइतबार, ०५ बैशाख, २०७८, बिहानको ०९:१५ बजे

सम्बन्धित खवर