७ दिने समयसिमा राखेर राष्ट्रपतिद्वारा सरकार गठनको आवह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र नयाँ सरकार गठनका लागि बहुमत सिद्धगरेर आउन आह्वान गरेकी छन् ।


राष्ट्रपति कार्यालयबाट आज आइतबार जारी सूचनामा कुनै एक दलले स्पष्टबहुमत प्राप्त नगरेको उल्लेख गर्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री पदका लागि दावी पेश गर्नभनिएको हो ।
कुनै एक दलले प्रतिनिधि सभामा बहुमत प्राप्त नगरेको अवस्थामा संविधानकोधारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढीदलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यले प्रधानमन्त्री नियुक्त हुनदावी पेश गर्न पाउने प्रावधान छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा आगामी पुष १० गते आइतबार साँझ५ बजेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी हुन्