कृत्रिम सूर्य र चन्द्रमा निर्माण गर्दै चीन

चीनका वैज्ञानिक स्वच्छ ऊर्जा पैदा गर्ने उद्देश्यसहित एक कृत्रिम सूर्य बनाउने तयारीमा छन् । यो वास्तविक सूर्यभन्दा ६ गुणा बढी तातो हुने बताइएको छ । वास्तविक सूर्यको भित्री भाग १.५० करोड डिग्री सेल्यियससम्म तातो हुन्छ भने २ साता अघि चीनको प्रविधिले बनाएको नयाँ सूर्य १० करोड डिग्री सेल्सियससम्म तातो हुने हेफे इन्स्टिच्युट अफ फिजिकल साइन्सका वैज्ञानिकले जानकारी दिएका छन् । चीनको एकेडेमी अफ साइन्ससँग सम्बन्धित इन्स्टिच्युट अफ प्लाजमा फिजिक्सका अनुसार कृत्रिम सूर्यको परीक्षण जारी छ । यसलाई एक्सपेरिमेन्टल एडभान्ष्ड सुपरकन्डक्टिंग टोकामक (ईस्ट) नाम दिइएको छ । यसलाई वास्तविक सूर्य झैं डिजाइन गरिएको छ । यसले सौर्य मण्डलको मध्य भागमा बस्ने कुनै ताराले झैं ऊर्जाको भण्डार उपलब्ध गराउनेछ ।


मेसिन चलाउन १५ हजार डलर खर्चः
वास्तवमा इस्टलाई एउटा मेसिनमार्फत पैदा गरिएको छ । यो मेसिनको बीच भागमा न्यूक्लियर फ्युजन (परमाणुको विखण्डन) मार्फत गर्मी पैदा गर्न सकिनेछ । यद्यपी, यसलाई एक दिन चालु गर्नका लागि १५ हजार डलर खर्च हुन्छ । यद्यपी, यो मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्स द्वीपमा राखिएको छ । पृथ्वीका लागि ऊर्जा स्रोतको विकल्पको रुपमा तयार गरिँदैछः इष्टलाई विशेषगरी पृथ्वीमा ऊर्जाका लागि नयाँ विकल्पमा प्रयोग गर्नका लागि बनाइएको छ । भविष्यमा यो प्रविधी स्वच्छ ऊर्जा पैदा गर्न महत्वपूर्ण स्रोत साबित हुनसक्छ । वास्तवमा अहिले न्यूक्लियर फ्यूजनमार्फत ऊर्जा पैदा गरिँदैछ । यद्यपी, यसका कारण पैदा भइरहेको विषालु न्यूक्लियर फोहोर मानिसहरुका लागि निकै खतरनाक छ ।
आकाशमा कृत्रिम चन्द्रमा राख्ने
चीनले पहिले नै प्रकाशको नयाँ स्रोतको रुपमा आकाशमा कृत्रिम चन्द्रमा लगाउने बारे कुरा गरिसकेको छ । कृत्रिम चन्द्रमा मार्फत चीनका वैज्ञानिकले त्यहाँको सडकलाई राती पनि झलमल पार्न चाहन्छन् । यसका लागि केही ठूला सेटलाइटको प्रयोग गरिनेछ जसले ऊर्जालाई पनि बचाउने काम गर्नेछ । यो सन् २०२२ सम्म लञ्च हुने सम्भावना छ । एजेन्सीको सहायतामा ।
‘नेट गार्ड ड्रोन’
ड्रोनमा चासो राख्नेहरुका लागि यो एउटा खेलौना बनिसकेको छ । तर विभिन्न व्यवसायीहरुका लागि यो महत्वपूर्ण उपकरण हो । अग्ला भवनहरुमा आगलागी भएको अवस्थामा मानिसको आपातकालिन उद्धार गर्न यसको प्रयोग गरिनेछ । अब, अग्ला भवनहरुमा आपातकालिन् अवस्थामा मानिसको उद्धार गर्न समेत ड्रोन प्रविधिको उपयोग गरिने भएको छ । चिनीयाँ विद्यार्थीहरुले बनाएको ‘नेट गार्ड ड्रोन’ ले मानिसको जीवनको रक्षा गर्नेछ । ६ जना विद्यार्थीको समूहले अग्ला भवनहरुमा आगलागी या अन्य कुनै घटना भएको अवस्थामा मानिसलाई सुरक्षित बाहिर निकाल्नका लागि यो ड्रोनको विकास गरेको हो । ड्रोन एउटा हाई–अल्टिटयुड सेल्फ–ड्राइभन यूएभी उपकरण हो । ‘कन्सेप्ट मोडल’ मा आधारित भएकाले यसले इमरजेन्सी सिग्नलको आधारमा काम गर्छ । यसमा जडित जिपिएस प्रणालीले आगलागी वा अन्य घटना भएको लोकेसनमा पुग्न सहयोग गर्छ । चार वटा प्रोपेलरयुक्त यो ‘नेट गार्ड ड्रोन’ बिना कुनै अवरोधको तीव्रगतिमा उडान भर्न सक्षम छ । यसको केन्द्रमा नेट जडान गरिएको छ, जुन पोलियुरेथेन सामग्रीबाट बनाइएको छ । एक जनालाई सजिलै उचाल्न सक्ने क्षमताको यो ड्रोन अति उपयोगी हुने दाबी विद्यार्थीहरुको छ । यो नेट प्रोपेलरको बीचमा मोडिएर रहेको हुन्छ, घटनास्थलमा पुगेपछि स्वचालित रुपमा खुल्ने गर्छ । यो सेन्सरको सहयोगमा वस्तुको अवस्था थाहा पाएर त्यसलाई ट्रयाक गर्छ । बलियो उडान भर्नका लागि यसमा चार वटा फ्यान ब्लेड, स्टेटस मोड थाहा पाउनका लागि वार्निङ लाईट र अवतरणको बेला उपकरणलाई क्षति हुनबाट जोगाउनका लागि ‘ब्राकेट’ पनि जडान गरिएको छ । आपातकालिन् स्थितिमा मानिसले हाम फालेमा ड्रोनमा जडित सेन्सरले त्यसलाई पछ्याउदै मानिसलाई उद्धार गरी सुरक्षित स्थलमा लग्ने छ । आर्किटेक्चर र डिजाइन लगायतका क्षेत्रबारे जानकारी दिने डिजिटल पत्रिका ‘डिजाइनबूम’ का अनुसार ‘नेट गार्ड’ ड्रोन एउटा एकल क्वाडकप्टर–शैलीको ड्रोन हो। यसमा स्वचालित रुपमा नेट(जाल) फैलिने गर्छ । विभिन्न स्थानमा उड्न सक्ने यो ड्रोन गगनचुम्बी भवनमा आगो लागेको अवस्थामा उद्धार कार्यमा सहयोग गर्नसक्छ । चीनमा निर्मित यो ड्रोनले यसै वर्ष १३ हजार अमेरिकी डलर बराबरको ‘गोल्डेन पिन कन्सेप्ट डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ । कम्प्युटर प्रविधिद्वारा नियन्त्रित एउटा उपकरण हो, ड्रोन । यसलाई उडान भर्नका लागि कुनै पाइलटको आवश्यकता पर्दैन । यसलाई मानवरहित विमान(यूएभी) पनि भनिन्छ । स्वचालिक चल्ने गरी यसमा प्रोग्रामिङ गरिएको हुन्छ । व्यावसायिक रुपमा विभिन्न काममा पनि ड्रोन उपयोगी भएको प्रमाणित भइसकेको छ । ‘डोमिनोज’ ले ड्रोन मार्फत पिज्जा डेलिभरी गर्नका लागि परीक्षण गरिसकेको छ । इजरायल विश्वकै सबैभन्दा बढी ड्रोन बनाउने र निर्यात गर्ने मुलुक बनेको छ । अमेरिकाले १४ मिलियन डलर पर्ने महंगो मिलिट्री ड्रोन ‘एमक्यु नाइन रिपर’ बनाइसकेको छ । त्यसैगरी सबै भन्दा मंहगो यात्रु ड्रोन चाही चीनले बनाएको छ । तीन लाख अमेरिकी डलरमा उसले ‘इहाङ १८४’ ड्रोन बनाएको हो । पहिलो सशस्त्र ड्रोन अमेरिकाले अलकायदाका मुखिया ओसामा बिन लादेनलाई खोज्नका लागि प्रयोग गरेको थियो । युद्धमा पनि यसको प्रयोग बढ्दो छ । अब व्यवहारिक गतिविधिमा पनि यसको प्रयोग गरिन थालिएको छ । किसानहरुले घरमै बसेर आफ्नो खेतमा भइरहेको गतिविधिहरुलाई अवलोकन गर्न सक्ने ड्रोनको पनि विकास भइसकेको छ । मनमोहक दृश्यहरु खिच्नका लागि चलचित्र उद्योगमा समेत यसको प्रयोग गरिन्छ । एजेन्सीको सहायतामा ।