विराटनगर / प्रदेश सरकारका मन्त्री जीवन आचार्यले मतदाताहरुसँगको छलफल र परामर्शलाई तीब्र बनाएका छन् । निर्वाचन क्षेत्रका जनताको न्यूनतम आवश्यकताका बारेमा उनले जनजधारणा बुझ्ने प्रयत्न गरेका हुन् ।

प्रदेश सरकार विस्तार भएपनि विभागीय जिम्मेवारी नतोकिएको अवस्थामा जनतासँग छलफल र अन्तरक्रिया गरेर मन्त्री आचार्यले समयको सदुपयोग गरेका हुन् ।
स्थानीयसँगको छलफलले आगामी दिनमा अगाडि सार्नुपर्ने योजना र स्थानीय आवश्यकताको बारेमा जानकारी हुने भएकोले मतदाता भेटघाट र छलफललाई अगाडि बढाएको मन्त्री आचार्यले बताए ।

बुधबार दिनभर बुढीगंगा गाउँपालिका अन्तरगतका मतदाताहरुसँग भेटघाट र छलफल गरेका मन्त्री आचार्यले बिहीबार पनि बुढीगंगा ६ र ७ का मतदाताहरुसँग छलफल गरेका छनज् ।
चुनाव जितेपछि नेताहरु गाउँ नफर्किने र चुनावका बेला गरेका बाचा बिर्सिने गरेको आरोप आफ्नो निर्वाचन क्षेत्रमा आउन नदिने भन्दै उनले मतदाताहरुसँग नियमित भेटघाट गरिरहने विश्वास पनि दिलाएका छन् । ‘मन्त्रालयको कामबाट फुर्सद हुनासाथ हामी तपाईंहरुकै बीचमा आउँछौं र विकास योजनाका बारेमा छलफल गर्छौं,’ मन्त्री आचार्यले भने ‘घरदैलोमै आएर समस्या बुझ्ने र समाधानका लागि पहल गर्नेछु ।’

छलफलका क्रममा मन्त्री आचार्यले विकास योजना ल्याउने मात्र नभएर बजेट कार्यान्वयनका क्रममा सदुपयोग भए नभएको बारेमा सचेततापूर्वक हेर्ने र गुणस्तरीय काम गर्ने तर्फ विशेष ध्यानज दिन मतदाताहरुलाई आग्रह गरे । ‘उनले भने आफ्नो घर आँगनमा सरकारले सञ्चालन गरेका योजना ठीक ढंगले सञ्चालन नभए आफैंला दुःख हुने भएकोले नागरिक स्वयंले गुणस्तरीय निर्माणका लागि अनुगमन र खबरदारी गर्नुपर्छ , सडक, पुल, अस्पताल र विद्यालय आदि सार्वजनिक स्थल र संस्थाहरुको सुसंचालनमा सबैले सरोकार राख्नुपर्छ ।’

भेटघाटका क्रममा मतदाताहरुले योजनावद्ध विकासको अपेक्षा व्यक्त गर्ने गरेका छन् । स्थानीय र प्रदेशको सीमित योजनाबाट मात्र विकासको चाहना पूरा गर्न सक्नेमा जनता विश्वस्त छैनन् । उनीहरुले संघीय सरकारबाट क्षेत्रमा खानेपानी र सडक निर्माणका लागि थप बजेट ल्याउन मन्त्री आचार्यलाई आग्रह गरेका थिए ।

स्थानीय शोभालाल खवासले भने ‘पालिकाको बजेटले मात्र यहाँको बाटोघाटो बनाउन सक्ने अवस्था छैन, विद्यालयको पूर्वाधार पनि सुधार गर्न सकिदैन त्यसैले केन्ज्द्रबाटै योजना ल्याउनु पर्छ ।’ उनी बुढीगंगाका पूर्व जनप्रतिनिधि पनि हुन् ।

स्थानीय बसन्त गच्छदारले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउन सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै सोही अनुसारका कार्यक्रम बनाउन मन्त्री आचार्यलाई सुझाव दिए ।

Facebook Comments Box