लागुऔषधसहित एक महिला पक्राउ

दमक/ दमक क्षेत्रमा लागुऔषध दुब्र्यसनी बढ्दै गएको छ । अबैध लागुऔषध ओसार पसार र भण्डारण समेत हुने गरेको पाइएपछि स्थानीय त्रसित बनेका छन् ।


शनिवार बेलुका दमक वडा नं ५ स्थित कृष्ण खड्काको घरमा डेरा गरिबस्ने एक महिलालाई इलाका प्रहरी कार्यालय दमकले लागुऔषधसहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध लुकाइछिपाई राखेर विक्रि वितरण गर्दै आएको सुराकका आधारमा स्थानीयको सहयोगमा प्रहरीले निज महिलालाई पक्राउ गरेको स्थानीय सन्तोष अधिकारीले जानकारी दिए ।
उनी बसोबास गर्दै आएको घरको परिषरमा खाडल मुनी गाडेको अवस्थामा लागुऔषध एम्फुल १२० भेटिएको स्थानीय सन्तोष कार्कीले बताए । स्थानीय युवा समुह आउने जाने क्रम बढेपछि अनुसन्धान गर्दा युवाहरु लागुऔषध कारोवारमा सक्रिय रहेको बुझिएपछि प्रहरीलाई खवर गरेर अनुसन्धान गर्दा जमिनमुनी लुकाएको अवस्थामा लागुऔषध भेटिएपछि महिला पक्राउ परेको स्थानीय गोपाल खत्रीले जानकारी दिए । लागुऔषध कारोबार भइरहेको सुचनाको आधारमा अनुसन्धान गर्दा अबैध कारोवार भइरहेको पाइएपछि एक महिला पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी गराएको छ ।