उर्लाबारीमा दमकल 

उर्लाबारी / उर्लाबारी नगरपालिकाले दमकल खरिद गरेको छ । ४७ लाख रुपैयाँमा दमकल खरिद गरेर ल्याएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो ।
जनप्रतिनिधि आएको ४ वर्षपछि उर्लाबारी नगरपालिकाले दमकल खरिद गरेको हो । दमकल सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत छनौट गरिसकेको मेयर फागोले जानकारी दिनुभयो । आगलागीको घटनाबाट बर्षेनी ठूलो धनजनको क्षति ब्यहोरिरहेको बेला उर्लाबारी नगरपालिकाले नयाँ दमकल खरिद गरेको हो ।

उर्लाबारी आसपासको क्षेत्रमा आगलागीको घटना बढिरहेको बेला नगरपालिकासँग दमकल नहुँदा समस्या भइहरेको थियो । छिमेकी दमक नगरपालिकाको दमकलको भर पर्नुपर्ने अबस्थाबाट अब उर्लाबारी नगरबासीहरुलाई मुक्ति मिलेको छ ।

केही समयअघि आगलागी हुँदा जनप्रतिनिधिहरुको आलोचनासमेत भएको थियो ।

शुक्रबार, ०६ चैत, २०७७, दिउँसोको ०३:५० बजे

सम्बन्धित खवर