आयोजक नगरको हैसियतमा खेलाडीलाई स्वागत

विराटनगर / विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरमा जारी साफ वुमेन्स महिला फुटबल टिमको आयोजक नगरको हैसियतमा विभिन्न देशका खेलाडीलाई सोमबार साझ स्वागत ,सम्मान सहित रात्री भोजको आयोजना गरेका छन् । कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ ,सामाजिक बिकास मन्त्री जीवन घिमिरे,कांग्रेस मूख्य सचेतक तथा प्रदेश सभा सदस्य केदार कार्की,प्रदेश सभा सदस्य बिन्दिया कार्की,प्रदेश सभा सदस्य सावित्रा रेग्मी लगायतको सहभागीता रहेको थियो ।


Facebook Comments Box