नयाँ शक्ति विद्यार्थी दमक क्याम्पसको अध्यक्षमा रोहित

दमक, ५ चैत्र / नयाँ शक्ति विद्यार्थी यूनियन दमक बहुमुखी क्याम्पसको इकाइ समिति निमाण भएको छ । रोहित भट्टराईको अध्यक्षतामा ४१ सदस्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा शुष्मिता सापकोटा, प्रकाश तामाङ, शिशिर सोभन दवाडी रहेका छन् ।यसैगरि सचिवमा पेरिसा कडरिया, सहसचिव प्रतिमा भट्टराई, साधना लावती, रेखा ठटाल, र कोषाध्यक्षमा नीशा नेपाली चयन भएका छन् ।
संगठनका केन्द्रिय सचिव दिनेश दंगालको विशेष आतिथ्य र नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय कार्यकारी सदस्य एवम् पूर्व विद्यार्थी नेता उमेश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले दमक बहुमुखी क्याम्पसको इकाइ समिति निर्माण गरेको जनाइएको छ ।


कुलबहादुर दर्नालको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नयाँ शक्ति विद्यार्थी यूनियनका प्रदेश संयोजक कमल पोखरेल, नयाँशक्ति पार्टीका झापा जिल्ला सह संयोजक भिमराज राई, विद्यार्थी यूनियनका मोरङ जिल्ला संयोजक तथा केन्द्रिय सदस्य रोसन अधिकारी लगायतले संगठनको सफलताको शुभकामना सहित पार्टी र संगठनको बारेमा धारणा राखेका थिए । सम्मेलनले संगठनको इन्चार्जको जिम्मा पूर्व संयोजक कुलबहादुर दर्नाललाई दिएको छ ।