रिभर भ्यु रिसोर्टमा प्रमोद खरेल दमक आउँदै

बैकल्पिक खवर

दमक / झापाको कमल गाउँपालिका ५ स्थित रतुवा पुलछेउमा गत बैशाख १ गतेदेखि संचालनमा आएको रिभर भ्यु हेरिटेज रिसोर्टमा साङितक प्रस्तुतीका लागि चर्चित गायक प्रमोद खरेल आउने भएका छन ।               
भोलि ७ गते उद्घाटन सप्ताहको अन्तिम दिन चर्चित गायक खरेल आउने कार्यक्रम रहेको रिसोर्टले जनाएको छ । खरेलको प्रस्तुति रहने दिन सो रिसोर्टमा रात्री भोज गर्न सकिने पनि संचालक रुद्र कार्कीले बताए । गत एक गतेदेखि संचालनमा आएको सो रिसोर्टमा पहिलो प्रस्तुति गायिका इन्दिरा जोशीको रहेको थियो । रिसोर्ट भित्र सेल्फी खिच्न र मनोरञ्जनका अन्य सामाग्रीहरु समेत राखिएकाले आन्तरिक पर्यटकहरुको भिड लागेको हो ।

रिसोर्टमा मनोरञ्जनका साथै खाने कुराका विभिन्न परिकारहरु पारिवारिक रमाइलोका साथमा लिन सकिने जनाइएको छ । एक लाख भन्दा बढी सिसाका बोतलको प्रयोगबाट बनाइएको बोतल हाउस, विभिन्न कलाकृतिहरु त्यहाँका आकर्षण हुन । आन्तरिक पर्यटनको सम्भावना लाई मध्यनजर गर्दै रिसोर्टको परिकल्पना गरिएको संचालक कार्की बताउछन । रिसोर्ट लाई ब्यबस्थित बनाउन अझै धेरै काम गर्न बाकी रहेको कार्कीले बताए

सोमबार, ०६ बैशाख, २०७८, बिहानको ०९:०५ बजे

सम्बन्धित खवर