झापाको कमल गाउँपालिकामा चिनियाँ लगानीमा चीन–नेपाल औद्योगिक पार्क निर्माण हुने भएपछि स्थानीहरु खुसी

झापा/ आफ्नै ठाउँमा औद्योगिक करिडोर बन्दा धेरैले रोजगारी पाउने उनको भनाई छ । जसले गर्दा दुःख हैन धेरै खुसी हुनेपर्ने उनको तर्क छ । ‘हामी विकास विरोधी हुनु हुँदैन’, उनले भने, ‘आफ्नो क्षेत्रमा बन्न लागेको औद्योगिक पार्क निर्माणमा सकेको सहयोग गर्नुपर्छ ।’

त्यसैगरी दमकका बलबहादुर थापाको ६ विगाहा जमिन गएको छ । जग्गा गएकोमा उनलाई कुनै पश्चाताप छैन । मुआब्जा नि अन्य ठाउँमा भन्दा निकै कम दिएको छ । पैसा भन्दा ठाउँ बन्ने कुरा ठूलो भएको उनले बताए ।

‘पैसा एकछिनको लागि हो’, उनले भने, ‘ठाउँ बन्यो भने दिर्घकालिन हुन्छ ।’ प्रदेश १ लगायत देशका धेरैले रोजगारी पाउने हुँदा यस स्थानका मानिसको जीवनस्तरमा सुधार आउने उनको बुझाई छ । उनले औद्योगिक पार्कको बारेमा स्थानियलाई बुझाउने काम पनि गर्दै आएका छन् । जसले गर्दा निर्माणकर्ता र जग्गा धनिहरुको दुरी कम भएको छ र जग्गा लिन निर्माणकर्तालाई सहज पनि भएको छ ।

कमल गाउँपालिकाका जितेन्द्र धिमालको ८ विगाह जमिन गएको छ । उनलाई अब त्यो ठाउँ नियन्त्रण भयो भन्ने लाग्छ । त्यस क्षेत्रमा रहेको खोलाले त्यहाँका स्थानीयलाई निकै सास्ती दिएको थियो । आफ्नो जग्गा गए पनि रहनेहरुको राम्रो हुन्छ भनेर धिमाल निकै खुसी छन् । औद्योगिक पार्कको विकाससँगै त्यस क्षेत्रका मानिसको जीवनस्तर उकासिनेमा ढुक्क पनि छन् ।

झापाको कमल गाउँपालिकामा चिनियाँ लगानीमा चीन–नेपाल औद्योगिक पार्क निर्माण हुने भएपछि स्थानीहरु खुसी भएका हुन । औद्योगिक पार्कले दमक नगरपालिका, गौरादह नगरपालिकाको क्षेत्रलाई पनि ओगट्छ । त्यहाँका स्थानियले आफ्नो क्षेत्रसँगै प्रदेशको नै विकास हुने भन्दै कतिपयले आफ्नो जग्गाहरु पार्क निर्माणका लागि निःशुल्क पनि दिएका छन् ।

चीन नेपाल औद्योगिक पार्क नेपालकै ठूलो र नमुना बन्ने भएको छ । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको २२०० विगाहा जमिनमा उक्त पार्क निर्माण हुने औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले बताए । उक्त पार्क निर्माण कार्य थालेको मितिले दुई वर्षभित्र निर्माण सम्पन्न हुने थापाले जानकारी दिए ।

१४०० विगाहा जमिन लिई सकेको बताउँदै उनले बाँकी अपुग जमिन लिने तयारीमा रहेको बताए । चिनियाँ टोली निर्माण स्थलमा नै रहेकाले अहिले कुन ठाउँमा कुन स्तरको भवन बनाउन सकिन्छ भनेर डोजर लगाएर सम्याउने काम भईरहेको छ । चीन सरकारबाट काम भैसकेको भए पनि नेपालको तर्फबाट कानुनी प्रक्रिया पुरा नभएकाले पुरै काम थाल्न नसकेको अध्यक्ष थापाले बताए । अब छिट्टै काम थालिने उनले बताए । औद्योगिक पार्ककको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेको सम्पर्क कार्यालयका अनुसार ११७ जग्गाधनीले २६५ बिगाहा जग्गाको १२ करोड ७ लाख रुपैयाँ मुआब्जा बुझेका छन । जिल्ला प्रशासन कार्यालयअन्र्तगतको सिफारिस समितिले जग्गालाई तीन वर्गमा बाँडेर मुआब्जा निर्धारण गरेको छ ।

चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

लगानी बोर्डसंग गरेको सम्झौताअनुसार पार्कमा ६४ अर्ब रुपैयाँ लगानी भित्रिने छ । ६ चरणमा लगानी भित्रिने छ । लगानी बोर्डले ६४ अर्ब रुपैयाँको स्विकृति दिए पनि लगानी अझ बढ्न सक्ने पार्कका अध्यक्ष थापाले जानकारी दिए ।

लगानी, आकार र सञ्चालनपछि उत्पादनको हिसाबले यो पार्क नेपालकै सबै भन्दा ठूलो र नमूना हुने अध्यक्ष थापाको भनाई छ । औद्योगिक पार्कमा मूख्यतय पाँच प्रकारका उद्योग रहने र ती उद्योगलाई सहयोग गर्ने लजिस्क सहयोग र सूचना प्रविधि तथा तालिमका लागि छुट्टै दुई वटा पार्कहरु पनि रहनेछन् ।

औद्योगिक पार्कभित्र होमअप्लाईन्सेसका सामानहरु उत्पादन गर्ने हृवाईट गुड्स उद्योग, ढुवानीका सामाग्री उत्पादन गर्ने उद्योग, टेक्सटायल तथा गार्मेन्ट उत्पादनको उद्योग, खाद्यन्न प्रशोधन र विद्युतीय सूचना प्रविधिका सामाग्री उत्पादन गर्ने उद्योगहरु खुल्ने अध्यक्ष थापाले बताए ।

पार्कमा बिद्युतीय सवारी साधनदेखि मोबाईलसम्म निर्माण हुने उनले बताए । पार्कभित्र बालबालिका अध्ययन गर्न विद्यालय, स्वस्थ्यपोचार गर्न स्वास्थ्य संस्था हरित वातावरण मैत्री वातावरण पार्क भित्र रहने कम्पनीले जनाएको छ ।

भारत, भुटान र बंगलदेशसंगको नजिकको नेपाली भूभागमा रहने पार्कमा विश्व बजारका प्रख्यात कम्पनीहरु भित्रिने निश्चत भएको पार्क व्यवस्थापनले जनाएको छ । हालसम्म २६ त्यस्ता कम्पनीको उद्योग पार्कभित्र रहने निश्चित भएको र बाँकी ९८ वटा प्रक्रियामा रहेको पार्कका अध्यक्ष थापाले बताए ।

पहिलो चरणमा कृषि र खाद्यन्नजन्य उद्योग, टेक्सटायल र क्रमशः विद्युतीय गाडीदेखि मोबाइल फोनसमेत ओद्योगिक पार्कमा उत्पादन हुने कम्पनीले जनाएको छ । औद्योगिक पार्क चार चरणमा निर्माण हुने पनि थापाले बताए ।

औद्योगिक क्षेत्रका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए । नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा जलविद्युत् आयोजनाबाहेक अन्य खालको कार्य नभएको बताउँदै बस्नेतले यो औद्योगिक पार्क पीपीपी मोडलको पहिलो गैरजलविद्युत् आयोजना भएको जानकारी दिए ।

पार्कमा औद्योगिक चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनी लिमिटेडको लगानी रहने अध्यक्ष थापाले क्यापिटल नेपाललाई जानकारी दिए । स्थानीय तहले कम्तीमा १० वर्षसम्म कुनै उद्योगसँग कर नलिने घोषणा गरिसकेको थापाको भनाई छ ।

औद्योगिक चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले बनाउनेछ । पार्कको पूर्वाधार बनाउन ६४ अर्ब रुपैयाँ चिनियाँ लगानी भित्र्याउन लगानी बोर्डले स्वीकृति दिइसकेको छ ।

सरकारले सो जग्गा ४० वर्षका लागि पार्कलाई भाडामा दिएको हो । पार्कमा सञ्चालन हुने उद्योगहरुबाट ४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने छन । पार्कमा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायतका कारखाना स्थापना हुने र त्यहाँबाट उत्पादित वस्तु विदेश निर्यात गर्ने लक्ष्य रहेको थापाले बताए ।

औद्योगिक पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएर कम्पनीले लगानी बोर्डमा डीपीआर बुझाइसकेको छ। यसअघि औद्योगिक पार्क बनाउन बोर्ड र ल्हासा इकोनोमिकबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । पार्कको नाम चाइन नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क राखिएको छ ।

सोमबार, ०६ बैशाख, २०७८, बिहानको १०:४२ बजे

सम्बन्धित खवर