आज १ बजेबाट संसदको हिउँदे अधिवेशन अन्य

बैकल्पिक खवर

काठमाडौं / संसदको हिउँदे अधिबेशन आज १ बाट अन्त्य भएको छ । आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले संसदको चालू अधिबेशन अन्त्यका लागि राष्ट्रपति लाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सिफारिस राष्ट्रपति कार्यलय पुग्ने बित्तिकै रास्ट्रपति बिद्यादेबि भण्डारीले आज दिउँसो १ बजे देखि लागू हुनेगरि अधिबेशन अन्त्य गरेकि हुन । राष्ट्रपति कार्यलयद्वारा जारी सुचना अनुसार आज १ बजेबाट संसदको हिउँदे अधिबेशन अन्त्य गरेको जनाइएको छ ।
यो संगै ओलि सरकार विरुद्धमा अबिस्वासको प्रस्ताव दर्ता विपक्षमा रहेका दलहरुको योजना असफल भएको छ ।आफ्नै पार्टीका संसदहरुले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सत्ता जोगाइदिए पछि केन्द्रमा प्रधानमन्त्री ओलि नेतृत्वको सरकार संकट परेको थियो । आजै माओवादीले ओलि सरकारलाई दिएको समर्थन फिर्ताको लागि बैठक बस्ने तयारी गरिरहेको बेला प्रधानमन्त्री निवासमा मन्त्रीपरिषदको बैठक बसि अधिबेशन अन्त्य गर्ने सिफारिसको निर्णय गरेको थियो।

सोमबार, ०६ बैशाख, २०७८, दिउँसोको १२:१७ बजे

सम्बन्धित खवर