अबिस्वासको प्रस्तावको पक्षमा ४ घण्टापनि टिक्न सकेनन् जसपाका साम्सदहरु

बैकल्पिक खवर

बुटवल / अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी (जसपा)का साम्सदहरु प्रस्तावको पक्षमा ४ घन्टा पनि टिक्न सकेन । मुख्यमन्त्री पोख्रेलले मन्त्री बनाउने अफर गरेपछि उनिहरु पोख्रेल तिरै लागेका हुन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको विरुद्धमा कांग्रेस , माओवादी र जसपा मिलेर आज उनी विरुद्ध अबिस्वासको प्रस्ताव दर्ता गराएका थिए । तर जसपाका संसदहरु पोख्रेलले मन्त्री अफर गरेपछि ४ घन्टापनि आफुले दर्ता गराएको प्रस्तावको पक्षमा तिक्न सकेन । मन्त्री पद पाउने भएपछि प्रदेशसभा सदस्यहरु मुख्यमन्त्री शंकर पोखरेलतिर लागेका छन् ।उनीहरुले अपरान्ह ४ बजे मन्त्री पदको सपथ लिने मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

सोमबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ सांसदको हस्ताक्षर थियो । तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझीले सरकारलाई समर्थन गरेको र मन्त्री बन्न तयार भएको स्रोतको दाबी छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका जसपा प्रदेशसभा सदस्य कल्पना पाण्डे पनि मन्त्री बन्ने भएकी छन् ।

देशमा बैकल्पिक शक्ति निर्माण गर्दै उत्पीडित जाती, बर्ग क्षेत्र र लिङ्गका मुद्दा हलगर्दै समृद्धिको यात्रा गर्ने उदेश्य लिएर गठन भएको पार्टीका संसदहरु नै यसरी बिक्री हुन थालेपछि कार्यकर्ताहरुमा भने निरासा छाएको छ ।-online khabar

सोमबार, ०६ बैशाख, २०७८, दिउँसोको ०४:१६ बजे

सम्बन्धित खवर