२०७६ बैशाख ६,दमक / झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखामा आउने भएकाछन् । बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. भगवान कोइरालाले शनिबार बृहत स्वास्थ्य शिबिर सहित  रेडक्रसबाट सञ्चालित सामुदायिक अस्पतालको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मुटुको विशेषज्ञ सेवा प्रदान गर्ने उदेश्यले पुर्वमा नै पहिलो पटक दमकमा सामुदायिक अस्पताल सञ्चालनमा आँउदैछ ।

उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकीका अनुसार मुटुका विरामीहरुलाइ लक्षित गरेर शनिवार स्वास्थ्य शिबिर गरिन लागेको हो ।

त्यसपछि पनि नियमित रुपमा यहाँ मुटुका बिरामीहरुको उपचार तथा अन्य सेवाहरु शुरु गरिने पुर्व अध्यक्ष मानबहादुर बुढाथोकीले जनाए ।

उनले यो दमकका लागि एउटा अवसरसंगै सेवाको उच्चतम काम भएको जनाए ।

निवर्तमान अध्यक्ष लीला गुरागाइका अनुसार अस्पतालका लागि आवश्यक उपकरणहरु रेडक्रसको केन्द्रिय कार्यालयबाट प्राप्त भएकाछन् ।

कतिपय आफै समेत यहि किनिएको जनाईएको छ ।

शनिबार हुने मुटु रोग सम्बन्धि स्वास्थ्य शिबिर नै अस्पतालको शुरुवातको रुपमा लिईएको बताइन्छ ।

यसमा प्रदेश सरकारको समेत सहयोग रहेको उपशाखाका उप सभापति हिमालयप्रसाद दाहालले बताए ।

Facebook Comments Box