एकल महिलालाई क्षमता अभिवृद्धि तालिम

लेटाङ ६ वैशाख २०७६ । मानव अधिकारका लागि एकल महिला समुह लेटाङले नगरस्तरिय एकदिने क्षमता अभिबृद्धि तालिम गरेको छ । लेटाङ नगरपालिका कार्यलयको आर्थिक सहयोगमा भएको उक्त तालिममा २५० भन्दा बढि एकल महिलाहरु सहभागि भएका थिए ।

तालिमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभयो । उद्घाटनका सत्रमा आफ्नो मन्तव्य राख्दै नगरप्रमुख राईले एकल महिलालाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन आउदै गरेको भए पनि अझै एकल महिलाहरु समाजमा दोस्रो दर्जाको जस्तो भएर वाचिरहेको वताउनुभयो । श्रीमानको साथ छुटेपछि आफुलाई कमजोर सम्झने महिला आमा दिदिवहिनीहरुले आत्मबल दह्रो वनाएर आफुलाई वलियो वनाउन जरुरी रहेको वताउनुभयो । उहाँले लेटाङ नगरपालिकाले एकल महिलाहरुको विकासका लागि काम गर्न तयार रहेको र एकल महिलाको हक अधिकारका विषयमा काम गर्न गठन भएको तालिम आयोजक संस्थालाई प्रस्तावना तयार गरेर नगरपालिका आउन समेत आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले विभिन्न घट्नाहरु वाट एकल अवस्थामा पूगेका महिलाहरुको क्षमता बृद्धि गर्न आवश्यक रहेको वताउनुभयो । उहाँले नगरपालिकाको कार्ययोजनामा एकल महिलाहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने वताईन् ।

वडा अध्यक्ष सन्तोष कार्कीले एकल महिलाहरुलाई “एकल” शव्दले वोलाउनु भन्दा पनि “सम्मानित महिला ” भन्नुपर्ने भन्दै सरकारले एकल महिलाको ठाँउमा “सम्मानित महिला ” राख्न आग्रह गर्नुभयो ।

कार्यक्रमकी प्रशिक्षक तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य शोभा पालुङवाले ५ प्रकारका एकल महिला राज्यले व्यवस्था गरेकाले नेपालमा धेरै एकल महिलाहरु रहेको वताउनुभयो । उहाँका अनुसार श्रीमानको मृत्यु भएर , सम्वन्ध विच्छेद , ३५ बर्ष नाघेका अविवाहित ,श्रीमान बेपत्ता भएका तथा श्रीमान संग अलग्गिएर बसेकाहरु एकल महिला हुन् । उहाँले राज्यले एकल महिलाको हकमा धेरै कन्जुस्याई गरेको भएता पनि हाल आएर एकल महिलाहरु संगठित भएर राज्यको ढोका ढक्ढक्याउन सक्ने भएको वतानुभयो । उहाँले पहिलाको व्यवस्था अनुसार एकल महिला सुरक्षा कोष भएता पनि हाल पालिकाहरुमा सो कोष खडा हुन नसकेकाले चाडै कोष खडा गर्न पालिकाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रम एकल महिला समुहकी नगर अध्यक्ष शुभद्रा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शुक्रबार, ०६ बैशाख, २०७६, बिहानको ०९:१२ बजे

सम्बन्धित खवर