अवार्ड नजिक दमकका गंगादेब

मोवायलको म्यासेज बक्समा गएर GMA टाइप गरी एकस्पेश दिएर 11A टाइप गरि 35005 मा SMS गर्न आग्रह
दमक/दमकका सामाजिक तथा शैक्षिक क्षेत्रमा उज्वल नक्षत्रको रुपमा अघि बढेका दमकका गंगादेब चौधरी नेपाली सांगेतीक बजारमा समेत आफुलाइ अब्बल साबित गर्दैछन् । जेनियस म्यूजिक अवार्ड २०७६ को टप फाइभमा पुगेसंगै उनको चर्चा सागेतीक जगतमा उचाइमा पुग्न थालेको छ ।


जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक आयोजना गर्न लागेको ‘जिनियस म्युजिक अवार्ड–२०७६’ सार्वजनिक हुँदा दमकेली नव गायक चौधरी पनि यसमा परेकाहुन् । दमक नगरपालिका वडा नं ६ ( हाल ३ ) ढुकुरपानीस्थित श्री अक्सफोर्ड अंग्रेजी माविको व्यवस्थापन समितिको अध्यक्ष एवं ओएसिस होस्टल समेत सञ्चालकको रुपमा शिक्षा क्षेत्रमा उनि सक्रिय रहेकाछन् । अन्तराष्ट्रिय क्लब लायन्स क्लब अफ इन्टरनेशनल अन्तर्गतको लायन्स क्लब अफ दमक इष्टर्न लायनको सेक्रेटरी हुँदै हाल बर्ष २०१९ को द्धितीय उपाध्यक्ष बनेकाछन् ।
आउदो जेठ ११ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने एउटा विशेष सांगीतिक समारोहमा विभिन्न ४८ विधाका उत्कृष्ट संगीतकर्मी तथा स्रष्टाहरुलाई उक्त अवार्ड वितरण गरिने बताईन्छ ।
जिताउन अपिल
लायन्सकर्मी तथा शिक्षा क्षेत्रमा अनवरत रुपमा लागिरहेका दमकका उर्जाशिल युवा चौधरीलाइ जिताउनका लागि भोट अर्थात म्यासेज गर्नका लागि दमकका सामाजिक ब्याक्तित्व तथा लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष काशी खातीले आग्रह गरेकाछन् । उदयमान युवा चौधरीले दमकको पहिचानलाइ यसबाट उचाइमा पुर्याउने विश्वास लिइएको जनाए ।
लायन्स क्लव अफ दमक इस्टर्न लायनका अध्यक्ष बिमल शर्माले चौधरीलाइ दमकबासीमात्र नभएर सम्पूर्ण झापाबासी र देशभरबाट साथ एवं सहयोग रहने विश्वास रहेको जनाए । चौधरी एक उदयमान प्रतिभा र खुबी भएका युवा भएकाले सबैसंग उनले भोट अर्थात म्यासेज दिन पनि आग्रह गरे ।
यसो भन्छन् चौधरी
आफ्नो प्रयासलाइ सबैले साथ दिएर नै यहाँसम्म आइपुगेकाले थप सबैको सहयोग पाउनेमा आफु आशाबादी रहेको उनले बताए । उनले सबैलाइ म्यासेज गरेर अवार्ड दिलाउन सहयोगका लागि अपिल पनि गरेकाछन् ।
मोवायलको म्यासेज बक्समा गएर GMA टाइप गरी एकस्पेश दिएर 11A टाइप गरि 35005 मा SMS गर्न उनको आग्रह छ ।