माइतीघरमा मानव सागर, गुठी विधेयक सरकारलाइ निल्नु न ओकाल्नु

दमक– सरकारले ल्याएको गुठी विधेयक खारेज गर्न माग गर्दै राजधानीको माइतीघरमा खबरदारी सभा हुँदैछ ।


यतिबेला राजधानीका विभिन्न ठाउँबाट झाँकीसहितको जुलुस माइतीघर मण्डलामा भेला हुने क्रम जारी छ । सरकारले बुधबार गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि त्यसलाई खारेज गर्नुपर्ने माग गर्दै विभिन्न जातीय, धार्मिक संघसंस्था र अभियन्ता माइतीघरमा भेला भएका हुन् ।
सुरक्षाका लागि गृह मन्त्रालयले माइतीघर क्षेत्रमा तीन हजारभन्दा बढी परिचालन गरिएको जनाएको छ । गुठी विधेयकको विरुद्धमा भएको आन्दोलन शान्तिपूर्ण बनाउन ठूलो संख्यामा प्रहरी परिचान गरिएको हो ।
उच्च सुरक्षा स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन हजार बढी सुरक्षाकर्मी माइतीघर आसपासका क्षेत्रमा परिचालन गरिएको छ । सादा पोसाकका प्रहरीको संख्या समेत बढाइएको छ ।
आन्दोलन कुनै कारणबाट नियन्त्रणबाहिर जान नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको स्रोतले बतायो ।
प्रहरी माइतिघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा परिचालन भएका छन् । पानी ट्याङ्क, अश्रुग्यास र गोठी गठ्ठासहित उनीहरु तैनाथी अवस्थामा बसेको छ ।
विरोध सभामा करिब एक लाख हाराहारी नागरिकको जनसहभागिता रहेको संघर्ष समितिहरुले दाबी गरेका छन् । आन्दोलनकारीहरुले विधेयक संसदबाट खारेज नगरेसम्म आन्दोलन चर्काउने बताउदै आएका छन्