तौल घटाउन लाग्दै हुनुहुन्छ यी खानेकुरा त्याग्नुस

बुधवार असार२०७६
हरेक दिन हामीले हाम्रो स्वास्थ्यका लागि विभिन्न प्रकारका खानेकुरा खाने गर्छौं । तर, त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण हामीले सोचे जस्तो फल पाउने गर्दैनौँ । कहिलेकाहीँ जानेर वा नजानी हानिकारक नहुने, नदेखिने खानाले हाम्रो तौललाई निकै असर गरिराखेको हुन्छ ।


यसका साथ साथै हामीले थाहा नै नहुनेगरी यस्तो खानाले हाम्रो स्वास्थ्यमा विभिन्न समस्या पनि उत्पन्न गरिरहेका हुन्छ । हामीले हरेक दिन खाने केही खानेकुराले हाम्रो स्वास्थ्यलाई नराम्रोसँग असर गरिरहेको हुन्छ ।
आलु सबैलाई मनपर्छ । नेपालीको भान्सामा धेरै जसो तरकारीमा आलुलाई मिसाउने गरिन्छ । आलुमा कार्बोहाइद्रेटको मात्रा धेरै हुन्छ । आलुमा बासो नभए पनि यसले मानिसको तौल बढाउने गर्छ । यसका साथ साथै यसले हाम्रो शरीरलाई अल्छि बनाइरहेको हुन्छ ।
दिउँसो र रातिको तुलनामा हामीले बिहान धेरै खानुपर्छ । दिउँसो र रातिको खानाको बीचको समयमा हामीले धेरै खानु हुँदैन । हामीलाई प्रायः दिउँसो खाजा मज्जाले खाने बानी हुन्छ । खाजामा धेरैजसो जंक फुड, समोसा, मःमः पिज्जा जस्ता खाजा खाने गर्छौं ।
यस्तो प्रकारको खाजाले हाम्रो स्वास्थ्यलाई हानी पुर्याउनुका साथ साथै हाम्रो तौल बढाई रहेको हुन्छ । यस्तो खाजाले पेटसम्बन्धी विभिन्न समस्या उत्पन्न गराउँछ । यसको खाजाको साटो उच्च प्रोटिन भएका खानेकुरा खानु पर्छ जसले भोक मेटाउनुभन्दा पनि शरीरमा उर्जा पैदा गर्छ र हामी छिट्टो थाकदैनम् ।
विज्ञापनमा देखाए जस्तो धेरै जसो बजारमा पाइने स्वस्थ स्न्याक असली खाना जतिकै पोषिलो हुने बताइए पनि यसमा विभिन्न केमिकल र फ्याटको मात्रा बेसी हुन्छ । यस्ता खानाहरुले तौल बढाउनुका साथ साथै धेरै स्वास्थ्यसम्बन्धी रोग पनि निम्त्याउने गर्छन् ।
धेरै मानिसहरुलाई गुलियो खाने बानी हुन्छ । गुलियो खाँदा हामीले शरीरमा तुरुन्तै उर्जा पाएको महसुस गर्छौं । यो उर्जा केही समयको लागि मात्र हुने गर्छ । यसले केही समयपछि शरीरलाई पहिलाको भन्दा धेरै थकित महशुस गराउँछ । यसले हाम्रो दाँतमा किरा लाग्ने सम्भावना बढाउँछ ।
यदी हरेक दिन गुलियो खाने बानी छ भने यसलाई तुरुन्तै रोक्नु होस् । हप्ताको एक वा दुई दिन खाने गरेमा यसले त्यति असर पार्दैन । गुलियो खाएपछि तुरुन्तै हामीले मुख कुल्ला गर्नुपर्छ । हामीले दैनिक खाने गरेको खानामध्ये खान नहुने पदार्थ हो, दूध ।
बच्चादेखि बृद्धले हरेक दिन दूध पिउने गर्छन् । आश्चर्य नमान्नुस्, दूध स्वास्थ्यका लागि निकै फाइदाजनक पेय पदार्थ हो । यसले हाम्रो शरीरको हड्डी र दाँतलाई बलियो र स्वस्थ बनाउन मद्दत गर्छ । तर, यसले पनि हाम्रो तौलमा धेरै असर गरिराखेको हुन्छ
हरेक दिन दूध पिउने, या दूधबाट बनेका विभिन्न खानेकुरा को सेवन गर्नु हुन्छ भने यसलाई एक महिनाको लागि रोकेर होस् । यसले तपाईंलाई तौल घटाउन मद्दत गर्नुका साथ साथै हाम्रो अनुहारमा भएका डण्डीफोर हटाउने गर्छ ।