चुलाचुली अंग्रेजी माध्यमिक विद्यालयद्दारा उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न

दमक,/ दमक १ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ सेकन्डरी स्कूलले कवि र कलाकारको सहभागितामा उत्प्रेरणा कार्यक्रम गरेकोे छ । हिजो स्कुलको आफनै प्राँगणमा सम्पन्न भएको सो कार्यक्रममा वरिष्ठ लोकगायक एलपी जोशी र युवा कवि र सामाजिक अभियन्ता धनकुटे कान्छाले आ आफ्नो उत्प्रेरणामुलक प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा विद्यालयका कक्षा ८ ,९ र १०मा अध्ययन गर्ने दुई सय विद्यार्थीको सहभागिता रहेको थियो ।


सहजकर्ताले कार्यक्रममा सृजनात्मक सोंचाई, सृजनात्मक लेखन, उत्प्रेरणा र व्यक्तित्व विकास सम्बन्धि सिकाई अनुभव प्रदान गरेका थिए ।
कार्यक्रममा कवि धनकुटे कान्छाले विभिन्न चराहरुका आवाज निकालेर मनोरञ्जन प्रदान गरेका थिए भने गायक जोशीले आफ्नो चर्चित लोकगीतहरु गाएर विद्यार्थीहरुलाई थप हौसल्लासहित मनोरञ्जन प्रदान गरेका थिए । बिद्यालयका संस्थापक निर्देशक मनोज राईको अध्यक्षता सम्पन भएको थियो । विद्यार्थीहरुको सकरात्मक सोचाईमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राईले बताएका छन् ।