दमक । स्थानीय बासिन्दाले अवरुद्ध गरेको शनिश्चरे बिर्तामोड सडक खण्डको शनिश्चरे बजारदेखि कदमगाछीसम्मको अवरुद्ध सडक शुक्रबार अपराह्नदेखि खुलेको छ । सडकमा गुडेका गाडीका का अर्जुनधारा ७ र ८ का बासिन्दाले शनिश्चरेहुँदै खुदुनाबारी र बिर्तामोड जाने सडकमा गाडी चल्दा हुने धुलोका कारण स्वास्थ्यमा समस्या आएको भन्दै नगरपालिकामा दैनिकजसो गुनासो गर्दै आएका थिए । तर, शुक्रबार भने स्थानीयले सडक नै अवरुद्ध बनाएपछि आवतजावतमा समस्या भएको थियो ।स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्दै ८ नम्बर वडाध्यक्ष गोपीचन्द्र गौतमले उक्त सडक खण्डमा पानी लगाउने सहमति जुटाएपछि अवरुद्ध सडक खुलेको बताए । उनका अनुसार वडाको बजेटबाट १० दिनसम्म बिहान बेलुका ट्यांकरबाट पानी लगाएर धुलो कम गर्ने प्रयास गरिनेछ । उनले १० दिनभित्र सम्बन्धित कार्यालयमार्फत सडक निर्माणका पहल गरिने बताए ।स्थानीय बासिन्दाको गुनासो आउन थालेपछि नगर प्रमुख हरिकुमार रानाको नेतृत्वमा शुक्रबार बिहान ८ का वडाध्यक्ष गौतमलगायतको टोली सडक डिभिजनको कार्यालय दमक पुगेर समस्या राखेको थियो ।तर, सडक निर्माणका लागि ठेक्का लागे पनि माणपदण्डअनुरुपको जग्गा खाली नभएकाले निर्माण कार्य अघि बढाउन समस्या भएको सडकको भनाइ रहेको बताइएको छ ।वडाध्यक्ष गौतमका अनुसार आज साँझदेखि नै धुलो प्रभावित शनिश्चरे बिर्तामोड सडक खण्डमा वडा कार्यालयले ट्यांकरमार्फत पानी हाल्न सुरु गरेको छ ।

Facebook Comments Box