सवियु उपाध्यक्ष चापागाँइको गगन थापालाइ खुल्लापत्र

नेत्र चापागाईं


गगन सर नमस्कार ,
आराम छु आराम चाहान्छु। २०६४ सालमा जतिबेला चाबहिल चोकमा तपाईं उभिएर पत्रकार डेकेन्द्र थापाको हत्याको उजागर गर्दै न्याय माग्दै मतमाग्दै हुनुहुन्थ्यो, ठिक त्यति समय होला मधेसमा नेपाली काङ्ग्रेस जिन्दावाद भन्दै चारतारे झन्डा बोकेर आलामले ती निर्दोष मान्छे लाई भट्टी मा पोल्दै रहेछ्न । सायद यो प्रकृतिको हत्या राणा, पन्चायत , माओवादी ले चलाएको १० बर्षको युद्ध मा पनि भएको थिएन, यस्तो हत्याको बचावट राजा ले पनि गरेका थिएनन्।
सायद क्रूरताको इतिहास भन्न पर्यो भने हामी जर्मनको हिटलरलाई सम्झने गर्छौ, त्यो युद्ध त्यो युगमा उनले गरेका होलान हिटलरको समय कस्तो थियो? जर्मन का जनता ले के भन्छ्न? हामी केबल पड्न मात्रै सक्छौ, देख्न सकेनौ। तर आज आलाम को चारतारे झन्डा को संरक्षण मा भएको यो बीभत्स हत्या ले आज हिटलर र मुसोलनी बिर्साएको छ, फाँसिवाद खोज्न हिटलर खोज्नु परेन केबल काङ्ग्रेस भित्र नियाले पुग्ने भो। हत्या को संरक्षण लाई हेर्न कोतपर्ब , भन्डारखाल पर्व पढ्न परेन केबल नेपाली काङ्ग्रेस गिरिजा , सुशील र देउवा पढे हुने भो, यो घटना ले जङ्गबहादुर बिर्साएको छ, हिटलर को फासिबाद हामिले होइन २१ औ सताब्दीमा जर्मनका बालबालिका लाई नेपाल भन्ने देश छ त्यहीँ प्रजातान्त्रिक आबरणमा यस्तो सम्म हुन्छ भनेर पढ्ने छ्न।
तपाईं काङ्ग्रेसको मात्रै होइन काङ्ग्रेस बाहेक अरु धेरै युवाहरुले आसा गरेको नेता हो तपाईंका प्रत्येक भासण लोकतन्त्रलाई बलियो बनाउनु पर्छ भन्ने हुन्छ्न। म त्यसको सम्मान गर्छु तर १२ वर्षसम्म हत्यारा आलामलाई काङ्ग्रेसको संरक्षण मा पालेर राख्ने मात्रै होइन बाराम्बार साम्सद र मन्त्री सम्म बनाएर नेपाल मा कस्तो प्रजातन्त्र स्थापना गर्ने खोजेको हो, यसको उत्तर अरुले खोजेकै छ्न। गाउँका काङ्ग्रेसका कार्यकर्ताले पनि आज खोजेका छ यस्को उत्तर शेरबहादुर ले मात्रै दिएर हुदैन प्रत्येक लाई प्रश्न गर्ने गगनलाई यो घटना प्रती तपाईंको मौनता लाई सबैले प्रश्न गरेका छ्न ।
डेकेन्द्र थापादेखि गङ्गा मायाको अनशनसम्म तपाईं जानूभएको छ त्यहाँको बारेमा सडक देखि सदनसम्म आवाज उठाउनु भएको छ , आलामले गरेको यो बीभत्स हत्याको बारेमा आजसम्म किन बोल्नुभएन? विषयबस्तु अत्यन्त खोजेर उजागर गर्ने तपाईंको क्षमता चारतारे झन्डा मुनिभएको यो हत्य खोज्न किन क्षमता पुगेन कि अरुले गरेको हत्या काङ्ग्रेसले गरेको हत्या काङ्ग्रेसका विरुद्ध भएको षड्यन्त्र देख्नु भएको छ ? त्यसो हो भने तपाईं गम्भीर भुल हो हत्यारा पाटीको हुदैन हत्या लुकाउन पार्टीलाई प्रयोग गरिरहेको मात्रै हुन्छ। गगन जि छिटो मौनता तोड्नुहोस मुखखोल्नुहोस। ती पिडितलाई न्याय दिलाउन लाग्नुहोस त्यसपछि मात्रै डेकेन्द्र थापा को आमा लाई न्याय चाहियो भनेको सुहाउने छ नत्र तपाईंले भन्ने गरेको हिंसाको राजनीतिको कुरा आलाम बस्त्रमा अन्त्य हुनेछ ।