‘दउवा’ संघको आज निर्वाचन आज

दमक / दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ ।। नयाँ नेतृत्वका लागि व्यवसायीले दलीय दुई वटा प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
पटक पटक वाणिज्य संघको नेतृत्व गरिआएको नेपाली कांग्रेस निकट व्यवसायीको समूहमा राप्रपा ,जसपा र माओवादी केन्द्रको असन्तुष्ट खेमा छ भने नेकपा एमाले निकट व्यवसायीको समूहमा नेकपा माओवादी केन्द्र छ । संयुक्त लोकतान्त्रिक व्यवसायी समूहबाट अध्यक्षमा देवी प्रसाद गुरागाईं (गोपाल) र एमाले समर्थित व्यवसायीको समूहबाट बिमल खतिवडा अध्यक्षका प्रत्यासी छन् ।
मतदान दमक- ७ स्थित वडा कार्यालयमा हुने छ । निर्वाचन समितिका संयोजक लीला गुरागाईका अनुसार विहान ८.३० वजेदेखि मतदान शुरु भई दिउँसो ३ वजेसम्म चल्ने छ । मतदानमा संघमा आवद्ध २०१६ जना व्यवसायी मतदाता छन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत यसअघिनै संघको महिला उपाध्यक्षसहित बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।
जसअनुसार महिला उपााध्यक्ष पदमा शुष्मा निरौला केसी ,बस्तुगततर्फ सदस्यमा निर्वाचित हुनेमा मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी, भाडावर्तनकी अञ्जना ताम्राकार र किरानाका दिपक प्रसाद गौतम रहेका छन् । निर्वाचित मध्ये गौतम मात्र एमाले निकटका हुन् भने अन्य सबै नेपाली कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहका हुन् ।
यस्तै, तीन सदस्यीय लेखा समितिको सदस्यमा संयुक्त लोकतान्त्रिकका पदम राउत र एमाले समर्थित समूहबाट षडानन्द घिमीरे निर्विरोध निर्वाचित भईसकेका छन् ।

