विराटनगर / माेरङकाे बुढीगंगा २ अमाहिमा एक जना महिलाकाे हत्या गरेकाे अवस्थामा शव भेटिएको छ । पहिचान नखुलेकाे अन्दाजी ३५ बर्षिय महिलाको हत्या गरेकाे अवस्थामा बोराभित्र शव भेटिएको हाे ।

स्थानीय नरसिंह चौधरीको घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको माेरङ प्रहरिका प्रबक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा माेरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहलकाे नेतृत्वमा टाेली परिचालन भएकाे छ ।

प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । महिलाको घाटीमा चोट रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box